back
CTIZAN AD

घट्यो ब्रोकर कमिसन, अब कति लिन पाइने ?

वि.सं.२०७७ पुस १० शुक्रवार

1.1K 

shares

१० पुष, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्दै आएको कमिसन घटाएको छ ।

धितोपत्र बोर्डले प्रेस विज्ञप्ती जारी गर्दै धितोपत्रि दलाल व्यवसायी शुल्क बापत लिने शुल्क घटाइएको जानकारी गराएको छ ।

अर्थमन्त्रीको ठाडो निर्देशन आएसँगै बोर्डले ब्रोकर कमिसन घटाएको हो । शेयर लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन बोर्डमा पटकपटक आग्रह गरेपनि सुनुवाई नभएपछि अर्थमन्त्रालयमा गुनासो गरेपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रबोर्ड तथा अन्य सरोकार निकायसँगको बैठक डाकी ब्रोकर कमिसन तत्काल घटाउन निर्देशन दिएका थिए ।

 

कति लाग्छ शुल्क ?

बोर्डले जारी गरेको शुल्क अनुसार ५० हजार रुपैयाँसम्मको कारोबारका लागि ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत तथा १ करोडभन्दा बढीको कारोबारमा ०.२७ प्रतिशत लाग्ने छ ।

यसअघि सेयर कारोबारमा ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म शुल्क लाग्ने गर्दथ्यो । जसअनुसार ५० हजारसम्मको कारोबारका लागि ०.६० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारका लागि ०.५५ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको लागि ०.५० प्रतिशत, २० लाखदेखि १ करोडसम्मका लागि ०.४५ प्रतिशत र १ करोडभन्दा बढीका लागि ०.४० प्रतिशत शुल्क लाग्ने व्यवस्था थियो ।

त्यस्तै बोर्डको जारी विज्ञप्तिमा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र र अन्य संस्थागत ऋणपत्रको कारोबार गर्दा लाग्ने शुल्क पनि घटाएको छ । ५ लाखसम्मको लागि ०.१० प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.०५ प्रतिशत तथा सोभन्दा बढीको कारोबारका लागि ०.२० प्रतिशत शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

म्युचुअल फण्डका इकाईहरुको कारोबारका लागि भने ५ लाखसम्मका लागि ०।.१५ प्रतिशत, ५ लाखदेखि ५० लाखसम्मको कारोबारका लागि ०.१२ प्रतिशत र सोभन्दा बढीको कारोबारका लागि ०.१० प्रतिशत शुल्क लाग्ने उल्लेख गरिएको छ ।

यसअघि धितोपत्र दलाल व्यवसायीले सानो रकमको कारोबार गर्ने साना लगानीकर्ताहरुलाई कारोबार सेवाबापत लिँदै आएको न्यूनतम ६० प्रतिशत, सरकारी तथा संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्रि कारोबारमा लिएको आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको शेयरको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी शुल्कमा पुनरावलोकन गरिएको जानकारी दिँदै बोर्डले यसबाट नयाँ लगानीकर्ताहरु समेत बजार प्रवेशका लागि प्रोत्साहित हुने र यसबाट समग्र धितोपत्र बजार गतिशिल हुने अपेक्षा गरेको छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार १७:५६ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...