back
CTIZAN AD

आज काठमाडौंमा यस वर्षकै बढी चिसो

वि.सं.२०७७ पुस ११ शनिवार

732 

shares

११ पौष, काठमाडौं । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।

अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए। “राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ”, उनीले भने । यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान रहेको छ ।

विभागले सूचना जारी गर्दै चिसो रहरिहने तथा तराई÷पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

विभागको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७७ पुस ११ शनिवार १३:२० मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...