काठमाडौँ । एलीजा गौतम र सनीस श्रेष्ठ फिचर्ड नयाँ गीत रिलिज भएको छ ।
सनीसको आवाज रहेको गीत ‘तिम्रो बानी परेछु’ साइपाल कृयसनको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
दाधी अधिकारीको शब्द, कल्यान सिंहको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको गीतको भिडियो निर्देशन प्रहील कार्की गरेका छन् । माधव बेलबेसेको सम्पादन रहेको भिडियोको छायाङ्कन अभेस बज्राचार्यले गरेका छन् ।
वि.सं.२०७७ पुस ११ शनिवार १३:२९ मा प्रकाशित

























