back
CTIZAN AD

ज्येष्ठ नागरिकलाई चिसोबाट सुरक्षित गराउन कम्बल वितरण

वि.सं.२०७७ पुस ११ शनिवार

630 

shares

११ पौष, रसुवा । गोसाइँकुण्ड गाउँपालिकाले चिसोबाट सुरक्षित गराउन आफ्ना वडाका सबै ज्येष्ठ नागरिकलाई बाक्लो कम्बल वितरण गरेको छ । रसुवाको उत्तरीभेगमा चिसोपन बढ्न गई जनजीवन कठ्याङ्ग्रिन थालेकाले उनीहरूलाई चिसोबाट सुरक्षित पार्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत कम्बल वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार तातोका लागि कम्बल एवं स्थानीय तहबाट प्रदान गरिने स्वास्थ्य परीक्षण, औषधि वितरण, परामर्श र अपाङ्ग परिचयपत्रसमेत स्थानीय गाउँटोलमै वितरण अभियान शुरू गरिएको हो । गाउँपालिकाभित्र रहेका छवटा वडामै यस्ता किसिमका सेवा प्रदान गर्ने कार्यक्रमअनुसार दुई वडामा कार्य सम्पन्न गरिएको छ ।

वडा नं १ को थुमन क्षेत्रका ८५ र वडा नं ३ को वृद्विम तथा खाम्जिम गाउँमा ६६ ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले जानकारी दिए ।

कम्बल वितरणको साथै २३८ जनालाई दक्ष चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराई औषधिसमेत प्रदान गरिएको छ । सात हजार जनसङ्ख्या रहेको यस गाउँपालिकाका बासिन्दालाई घरदैलोमै सबै सेवा दिन शुरु गरिएको छ । रासस

वि.सं.२०७७ पुस ११ शनिवार १३:३४ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...