११ पौष काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको २२ हजार ३ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको २६ हजार ३ सय कित्ता र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको ९६ हजार ६ सय ४९ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
जसमध्ये आरएमडिसी लघुवित्त वित्तिय संस्थाको न्यूनतम मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ तोकिएको छ, भने ग्रामीण विकास लघुवित्त वित्तिय संस्था सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसैगरि, लगानीकर्ताले पुस १९ गते, आइतबारबाट माघ ४ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ
बैंकले प्रकासन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ पुस ११ शनिवार १३:५७ मा प्रकाशित





























