back
CTIZAN AD

निजी अस्पताललाई कोभिडको सूचीबाट हटाइयो

वि.सं.२०७७ पुस १३ सोमवार

816 

shares

१३ पुष, काठमाडौँ । सरकारले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको र बिरामीका लागि शैया, भेन्टिलेटर र आइसियु अभाव भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको सूचीबाट हटाएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क परीक्षण र उपचार हुनेछ । निजी स्वास्थ्य निकायमध्ये ८ वटा मेडिकल कलेजलाई भने सूचीबाट हटाइएको छैन ।

यसअघि कोभिड अस्पतालको सूचीमा रहेका निजी अस्पतालहरूले आइतबार १२ बजेसम्म भर्ना भएर उपचार गराएका कोरोना सङ्क्रमितको उपचार खर्चबापतको रकम सोधभर्ना गर्ने निर्णय भएको डा गौतमले बताए ।

यस्तै मन्त्रालयले सरकारी तहबाट सङ्कलन भएका नमुनाको पीसीआर परीक्षणका लागि निजी प्रयोगशालालाई उपलब्ध गराउने काम पनि बन्द गरेको छ ।

हाल ५२ सरकारी र २७ निजी स्वास्थ्य निकायबाट कोभिडको निःशुल्क परीक्षण र उपचार हुँदै आएको थियो ।

वि.सं.२०७७ पुस १३ सोमवार ०८:२४ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...