back
CTIZAN AD

नेपाली कांग्रेसले आज ससंद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने

वि.सं.२०७७ पुस १३ सोमवार

762 

shares

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनका विरुद्धमा देशभर विरोध प्रदर्शन गर्न लागेको छ ।

पार्टीको आयोजनामा आज १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने र उक्त प्रदर्शनमा सम्बन्धीत क्षेत्रका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार सभापति शेर बहादुर देउवाले भक्तपुर तथा वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीको सभालाई प्रदर्शन गर्ने भएका छन् ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै आजको विरोध प्रदर्शन सफल र भव्य बनाउनका लागि देशभरी रहेका पार्टी नेता, कार्यकर्ता तथा शुभ चिन्तकलाई अनुरोध गरेको छ ।

त्यसैगरी विरोध प्रदर्शनका क्रममा ब्यानर प्लेकार्ड तथा निर्धारित नारामात्र प्रयोग गर्न समेत देशैभरी परिपत्र गरिएको जनाएको छ ।

 

वि.सं.२०७७ पुस १३ सोमवार ०८:२८ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...