१३ पुस, सप्तरी । अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ रथवाला बस्ने राजदेव पंडितकी १७ वर्षीया छोरी नोमिका पंडितको आफ्नै धान कुट्ने मिलमा धान कुटिरहेको अवस्थामा मिलको पट्टामा फस्दा आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
वि.सं.२०७७ पुस १३ सोमवार १०:४९ मा प्रकाशित






























