back
CTIZAN AD

साना किसान लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

वि.सं.२०७७ पुस १३ सोमवार

660 

shares

१३ पौष, काठमाडौं । साना तथा विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।

संस्थाको पुस ६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले संस्थाको रजिष्टर्ड कार्यालय सुबिधानगर तिनकुने काठमाडौँमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तले विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सर्तक भई भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने भएको छ ।

लघुवित्तले २०७६/०७७ मा कारोबार भएको मुनाफा मध्यबाट शेयरधनीहरुलाई २५ प्रतिशतले बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगत लाभांश प्रदान गर्ने लगाएतका प्रस्ताब पारीत गर्नेछन्

सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १६ गतेदेखि पौष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाले जारी गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ पुस १३ सोमवार १४:५४ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...