back
CTIZAN AD

सलमान खानको जन्मदिन मनाउँदै नेपाली कलाकारहरु

वि.सं.२०७७ पुस १३ सोमवार

831 

shares

काठमाडौँ । बलिउड अभिनेता सलमान खानकोे डिसेम्बर २७ तारिखमा पर्ने जन्मदिनको अवसर पारेर नेपालका केहि कलाकारहरुले केक काटेर जन्मदिन मनाएका छन् ।

‘बिइङ्ग ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसी र अध्यक्ष राजु थापाको आयोजना नेपाली बिङ ह्युम्यान टिमले सलमानको जन्मदीन किङ्स लन्जमा मनाइएको हो ।

बिङ ह्युम्यान सलमानको अफिसियल ब्रान्ड हो , उक्त ब्रान्डको चेन नेपालमा पनि लामो समय देखी रहदै आएको छ । आइतबार सलमानको जन्मदिनको अवसर पारेर सीडीएनए संस्थासँग मिलेर कपनमा शारीरिक रुपमा कमजोर रहेका बालबालिकाहरुलाई ४५ हजार रुपैयाँ बराबरको खाद्यान्य सहयोग गरेको थियो । सोही प्रोग्राममा नेपालका चर्चित कलाकारहरुको पनि उपस्थिती रहेको थियो ।

अभिनेता भुवन केसी , सुश्मा कार्की ,प्रशान्त ताम्राकार, ऋषि धमला लगायत कलाकारहरुको उपस्थितीमा बिङ ह्युम्यानले केक काटेर जन्मदीन मनाएको हो िसलमानको ठूलो प्रशंसक बताउने अभिनेत्री सुष्मा बर्थ(डे केट काट्ने क्रममा निकै रमाएकी थिइन् । सो अवसरमा उनले सलमानसँग लण्डनमा भेट हुँदाको क्षण पनि स्मरण गरिन् ।

वि.सं.२०७७ पुस १३ सोमवार १४:३९ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...