back
CTIZAN AD

‘चुनाव लम्व्याएर सत्तामा बस्ने दुस्साहस गरेमा कांग्रेसले छोड्दैन’

वि.सं.२०७७ पुस १३ सोमवार

702 

shares

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले यदि सर्वोच्च अदालतले संसद् विघटनको मुद्दामा फैसला नगरी यथावत राखेमा नेपाली कांग्रेसको सम्पूर्ण ध्यान चुनावमा केन्द्रीत हुने बताएका छन् ।

नेपाली कांग्रेसद्धारा प्रधानमन्त्रीद्धारा गरिएको संसद विघटनको विरुद्धमा सोमबार आयोजित विरोध सभामा काठमाडौंको क्षेत्र नं ५ को सभालाई सम्बोधन गर्दै नेता महतले चुनावलाई लम्व्याएर चुनाव विना नै सत्तामा बसिराख्ने दुस्साहस कसैले गरेमा कुनैपनि हालतमा कांग्रेसले नछोड्ने बताए ।

‘गाउँ गाउँ टोल टोलबाट जनता उत्रने छन्, निर्वाचन गर्न हामी बाध्य पार्नेछौं । निर्वाचनको बाटोमा देश गयो भने नेपाली कांग्रेसको जित निश्तिछ ।’ नेता महतले भने ।

उनले नेपाली कांग्रेसले पनि सबै राम्रो गरेको नभएर केही कमि कमजोरी भएको तर यस्तो खाले दुस्साहस, मनपरी र भ्रष्टाचार कांग्रेसको कल्पना भन्दा बाहिरको कुरा रहेको तथा कसैले व्यक्तिगत कमजोरी गरेको भएपनि उ सजायको भागी भएको बताए । ‘अहिले त मनपरी, रातलाई नै दिउसो पार्ने गरेर र रातलाई दिउँसो बनाउने गरेर यीनिहरुले मनपरि तन्त्र चलाएका छन् ।’

वि.सं.२०७७ पुस १३ सोमवार १५:२७ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...