back
CTIZAN AD

संसद विघटनका विषयमा अदालतको स्वविवेकी निर्णय कांग्रेसलाई मान्य हुने-सभापति देउवा

वि.सं.२०७७ पुस १३ सोमवार

693 

shares

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अदालतमा विचाराधिन रहेको संसद विघटन सम्बन्धी मुद्दामा अदालतले जस्तो निर्णय गरेपनि कांग्रेसलाई मान्य हुने बताएका छन् ।

कांग्रेसद्धारा सोमबार आयोजित देशव्यापी प्रदर्शनका क्रममा भक्तपुर क्षेत्र नं २ कार्यसमितिद्धारा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसले संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन रहेकोले अदालतको स्वविवेकी निर्णयलाई कांग्रेसले मान्ने बताए ।

‘हामीले अदालतलाई यस्तो निर्णय गर, भनेर हस्तक्षेप गर्ने र तर्साउने काम गदैनौं । उसको स्वविवेकी निर्णयलाई हामी स्वीकार्नेछौं ।

पंचायतकालमा पनि अदालत स्वतन्त्र थियो तर दुईतिहाइको कम्युनिष्ट सरकारले अदालतलाई समेत विवादित बनायो ।’

सरकार तथा संसदले बदमासी गरेपनि अदालतले बदमासी नगरेर संसद विघटन सम्बन्धी मुद्दामा स्वविवेकी निर्णय गर्ने उनले विश्वास व्यक्त गरे ।

सभापति देउवाले संसद विघटन विरुद्ध नेपाली कांग्रेसको आन्दोलन निरन्तर हुने बताउँदै आन्दोलनका कार्यक्रमहरु कस्तो हुने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताएका छन् ।

वि.सं.२०७७ पुस १३ सोमवार १६:०० मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...