back
CTIZAN AD

नेपालमा विदेशी सेनाको मार्चपास गराउन संसद विघटन गरियो: देव गुरुङ

वि.सं.२०७७ पुस १३ सोमवार

621 

shares

१३ पुस, काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता देव गुरुङले नेपाल विदेशी सैनिकको मार्चपास गराउने थलो बनाउन खोजिएको बताएका छने । त्यसकै सुरुवात स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराएको उनको दाबी थियो ।

पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले संसद विघटन गरेपछि मात्र नेपालमा विदेशी सैनिक भित्राउन सकिने सोचका साथ यो कदम चालिएको बताएका छन् । उनले भने,‘ संसद विघटन राष्ट्रघाती कदम हो, संसद रहदासम्म विदेशी सैनिकले मार्चपास गर्न सक्दैन, हस्तक्षेप गर्न सक्दैन र यस्ता कदमलाई संसदले रोक्ने थियो । त्यसैले संसद विघटन गर्नु अनिवार्य थियो । सोहि कदम ओली सरकाले गर्यो । ’

नेता गुरुङले विदेशी सक्तिहरुलाई नेपालको भुमिमा चलखेल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सहज वातावरण बनाउदै गएको बताए । यो देशमा संकटकाल लागु गर्ने सुरुवाति कदम भएको पनि उनले बताएका थिए । ओलीले चालेको कदम यस अघि राज महेन्द्र र ज्ञानेन्द्र शाहले लगाएको ‘कू’ सम्बन्धित रहेको उनको दाबि थियो ।

उनले प्रधानमन्त्री ओली निरंकुश बन्न चाहेको बताएका थिए । उनले भने, ‘उहाँ सर्वसत्तावादी चिन्तन, निरंकूश प्रवृत्ति, एकाधिकारवादी चिन्तन, फाँसिवादी चिन्तनको उपज हो त्यो चिन्तनलाई विदेशी शक्ति केन्द्रहरुले क्यास गरे ।’

वि.सं.२०७७ पुस १३ सोमवार १६:१६ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...