back
CTIZAN AD

आधारभूत तहमा पार्टी एकताकै चिन्ता

वि.सं.२०७७ पुस १४ मंगलवार

516 

shares

१४ पुष, महोत्तरी । उपल्लो तहका नेताहरु आ–आफ्ना दाबीसाथ अदालत र निर्वाचन आयोग पुगे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता र मतदाता भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उपल्लो तह (केन्द्र) का नेता दाहाल–नेपाल र केपी ओली समूह भनेर चिनिँदै एकअर्कोविरुद्ध सत्तोसरापमा ओर्ले पनि महोत्तरीका आम कार्यकर्ता र मतदाता अझै पार्टी एकताकै पक्षमा उभिएका हुन् ।

“हामीले त एकताबद्ध पार्टी निर्माण मात्र सोचेका छौँ”, जिल्लाको भङ्गाहा नगरपालिका–३ का पुराना पार्टी कार्यकर्ता लक्ष्मीकान्त चौधरीले भने, “हामीसँग यो पक्षमा लाग्ने भनेर कुरा नल्याए हुन्छ, हामीले सोचेको एकताबद्ध कम्युनिष्ट पार्टी हो ।” जनताको तहका यी कुरा सुनेर ‘हामी एक छौँ’ भन्न नेता आए आपूmहरुको साथ सहयोग अझै यसै पार्टी ९नेकपा० ले पाउने चौधरीको भनाइ छ ।

करिब तीन वर्षअघि २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेकपा घोषणा हुँदाको क्षण जीवनकै केही खुशीमध्ये एक बनेको चौधरी सम्झनुहुन्छ । पञ्चायतकालमै तत्कालीन नेकपा (माले)सँग नजिक रहेका चौधरी विसं २०४७ मा तत्कालीन माले र नेकपा (माक्र्सवादी) एकीकरण भएर एमाले बनेदेखि सो दलमा सङ्गठित रहँदै आएका थिए ।

“चाँडै पार्टी एक गर्ने घोषणासहित २०७४ को चुनावमा एउटै मोर्चामा एमाले र माओवादी केन्द्र चुनाव लडे, मधेशमा राजनीतिक हावा प्रतिकूल चल्दा पनि हामीले आफ्नो प्रतिनिधिसभा क्षेत्र (महोत्तरी–१) र यसका दुवै प्रदेशसभा क्षेत्रमा शानदार जित हात पार्यौँ”, चौधरीले तीन वर्षअघिको चुनाव सम्झँदै भने, “त्यो एकताको पक्षको बल थियो, एकतालाई जनताले दिएको समर्थन थियो ।” लगत्तै २०७५ जेठ ३ मा दुवै पार्टी (एमाले र माओवादी केन्द्र) ले एकीकरण गरेर वचन पुर्याएका सम्झँदै चौधरीले अहिले तीन वर्ष पूरा नपुग्दै रडाको मच्चाउनु दुर्भाग्यपूर्ण रहेको चौधरी बताउँछन् ।

विसं २०४७ अघि मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेकपा माक्र्सवादीसँग नजिक रहनुभएका भङ्गाहा–९ हरिनमरीका अहिले उमेरले ९० वर्षका जितन यादव पनि नेकपाभित्रको बढेको रडाकोले दुःखी हुनुहुन्छ । “खै यिनलाई खाइमात लागेको हो कि रु जनताको मायालाई जोगाउन सकेनन्”, यादवले विरक्तभावमा भने, “जीवनको उत्तराद्र्धमा एकताबद्ध कम्युनिष्ट पार्टीकै काखमा मर्ने इच्छा भाँच्चियो ।” अझै नेताहरुले बुझेर स्थिति सम्हालिदिए रहर पूरा हुन्थ्यो कि भन्ने झिनो आस बाँकी नै रहेको यादव बताउँछन् ।

भङ्गाहा–५ सीतापुरका ७५ वर्षीय झौली भण्डारी पनि नेकपाभित्र उपल्लो तहमा मच्चिएको रडाको तल्लो तहसम्म आइपुग्दा विरक्तिनुभएको छ । “हामीचाहिँ नेकपाका मूलधार हौँ भन्दै केही साथी आएका थिए”, एक÷दुई दिनअघि पार्टीकै अर्का नेताविरुद्ध मसाल बाल्ने निम्तो बाँड्दै आएका साथीसँगको कुराकानी सुनाउँदै भण्डारीले भन्नुभयो, “मसाल बालेर मुर्दावादको नारा उराल्ने होइन, सुलहको कुरा ल्याउनोस् भनेँ ।” पञ्चायतकालका अँध्यारा दिनमा तत्कालीन नेकपा ९माले० का नेता कार्यकर्तालाई गाँसबास दिएर जोगाएका भण्डारी पार्टीका गुटगुटका नेता आएर एकअर्कोविरुद्ध सत्तोसराप गर्दा मन भक्कानिने गरेको बताउँछन् ।

चौधरी, यादव र भण्डारीजस्तै जिल्लाकै बलवा नगरपालिका–११ भगवतीपुरका ६५ वर्षीय उत्तिम माझी मुसहरको मन पनि पार्टी विभाजनको कुराले टुटेको छ । “हामी गरिब र उपेक्षितलाई नेतृत्व दिन्छ भनेर कम्युनिष्ट पार्टी रोज्यौँ”, मुसहरल भने, “हामीलाई के देलान् रु आफैँ भागमा रडाको मच्चाउन लागे ।” पार्टीभित्रको अहिलेको विग्रह नीति, सिद्धान्तको नभई आ–आफ्ना स्वार्थका लागि नेताहरुले झिकेका बखेडा भएको मुसहरको बुझाइ छ । बलवाकै धमौरा बस्तीका ७० वर्षीय वासुदेव पासवान, भङ्गाहा–६ हतिसर्वाका ७५ वर्षीय सीताराम सर्दार बाँतर र सोही बस्तीका ७० वर्षीय इस्लाम राइनको पनि उत्तिम माझी मुसहरकै जस्तो चिन्ता र गुनासो छ ।

जिल्लामा पुस ७ गते नै दुईतिर केन्द्रीय समितिको बैठक गरेयता आ–आफ्ना पक्षको कुरा लिएर केही नेता कार्यकर्ता जिन्दावाद–मुर्दावादमा हिँडे पनि यहाँका आम कार्यकर्ता र शुभेच्छुक मतदाता कुनै पक्षमा लागेका देखिन्नन् । आम कार्यकर्ता र शुभेच्छुक मतदातामा अझै पार्टी एक हुने÷ रहने झिनो आस बाँकी नै छ । “होइन, यी भोगेर पनि नचेत्ने रहेछन्, २०÷२२ वर्षअघि माले÷एमाले भएर फुट्दा के हविगत भा’थ्यो १” २०४७ यता सधैँ कम्युनिष्टलाई मतदान गर्दै आएकी भङ्गाहा–४ रामनगरकी ६५ वर्षीया आयशा खातुनले आक्रोश मिश्रित व्यङ्ग्यात्मक भावमा भने “खै केलाई के पच्दैन भन्छन् नि १ यिनलाई हाम्रो माया नपचेको हुनपर्छ ।”

नेकपाभित्र उपल्लो तह हुँदै अब जिल्ला र गाउँनगर बस्तीसम्म आइपुगेको विग्रहको कुराले बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतो, ६५ वर्षीय ब्रह्मदेव महतो र ५० वर्षीय महेन्द्र महतो पनि निरास बन्नुभएको छ । “एकीकृत कम्युनिष्ट पार्टी र यसको नेतृत्वको सरकारले जनताका अपेक्षा पूरा गर्ने आस थियो”, विगतमा पशुपतिनगर गाविस छँदा दुई कार्यकाल गाविस अध्यक्ष रहिसक्नु भएका नथुनीले भने, “यिनले फुटेरै जनतालाई निरास बनाइरहने भए ।” नेताहरुलाई सद्बुद्धि आए अझै एकता रहनसक्ने महतोको विश्वास छ तर यसका लागि तलका कार्यकर्ताले कुनै एक पक्षमा नलागी निरन्तर एकताको दबाब बढाउनुपर्ने महतो बताउँछन् ।

नेकपा विभाजन रोक्न अब कार्यकर्ताले दबाब समितिचाहिँ बनाउन पर्ने आम कार्यकर्ता बताउँछन् । “गुटको कुरा लिएर आउनेलाई सह दिने होइन, दुत्कार्नु पर्छ”, विगतमा तत्कालीन नेकपा एमालेका दुई कार्यकाल जिल्ला सचिव (प्रमुख) रहिसकेका बर्दिवास–१३ का विश्वनाथ सिंह भन्छन्, “माले–एमाले मिलन भएको विगत छ नि हामीसँग, अझै एकताकै लागि सबैले प्रयत्न गरे नेता फर्किहाल्छन् कि १” अब पार्टीलाई एक ढिक्का बनाउन नसके एक कालखण्डसम्म जिल्लामा यसले राजनीतिक हैसियत नपाउने नेकपा शुभेच्छुकले पनि नेताहरुलाई चेताउँदै आएका छन् । नेकपाको विभाजनले पार्टीभित्र मात्र नभएर मुलुककै लोकतान्त्रिक गणतन्त्र पनि कमजोर बन्नसक्ने यहाँका वाम बुद्धिजीवी औँल्याउँछन् । (रासस)

वि.सं.२०७७ पुस १४ मंगलवार १०:२६ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...