back
CTIZAN AD

झोलुङ्गे पुल जीर्णोद्धार

वि.सं.२०७७ पुस १४ मंगलवार

618 

shares

१४ पुष, रसुवा । साविक पैदलमार्गमा रहेको टिमुरेस्थित घट्टेखोलामा पुरानो झोलुङ्गे पुल मर्मत गरिएको छ । नेपाल चीनबीचको व्यापार व्यवसाय नियमित गराउन ८९ वर्ष अगाडि निर्माण भई लामो इतिहास बोकेको सस्पेन्सन मोडेलको झोलुङ्गे पुल संरक्षण गर्न गोसाइँकुण्ड गाउँपालिका–२ ले जीर्णोद्धार गरेको हो ।

पितापूर्खाले बनाएका संरचना संरक्षण गरी भावी पुस्तासम्म जीवन्त राख्न र हिमालको हिमपात पग्लेर आउने ठाडोेखोलामा पानीको बहाव ठूलो भएकाले घाँस दाउरा गर्ने घट्टृेखोलावासीमा पर्ने असर न्यूनीकरण गर्दै वारीपारि गर्न सहज पार्ने उद्देश्यले उक्त पुलको मर्मत गरिएको उक्त वडा कार्यालयले जनाएको छ ।

पुलको भूइँ सतहमा स्टिल चक्का राखी दायाँबायाँको गाह्रोसमेत मर्मत गरी रु आठ लाखको लागतमा दरिलो र भरपर्दो बनाइएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावाडिण्डुप तामाङले बताए ।

रसुवागढी नाका खुलेसँगै उक्त पुलदेखि करिब १५० मिटर तल नयाँ पक्की पुल निर्माण भएसँगै बाह्य व्यक्तिको आवागमन बन्द भए पनि स्थानीय बासिन्दालाई भने वारीपारि गर्न अत्यन्तै उपयोगी भएको समाजसेवी सुनामवाङ्दी तामाङले बताए ।

यस्तै रसुवागढी सीमाक्षेत्रबाट करिब एक किमी वर रहेको घट्टेखोलाका बासिन्दालाई सामूहिक छलफल गर्न र जाडोमा घाम ताप्दै विश्राम लिन झोलुङ्गे पुलको आसपासमा एक चौतारा निर्माण गरिएको छ ।

भीरको फेद समथर जमिनको अभाव भएको स्थानमा एउटा थुम्क्याइलो चुचुरोलाई व्यवस्थापन गरी विश्रामस्थल तयार पार्न करिब रु १० लाख खर्च भएको बताइन्छ । चौतारीबाट दैनिक सयांै व्यक्तिलाई विश्रामको सुविधा मिल्ने जनाइएको छ ।

यसैगरी गोसाइँकुण्ड गाउँपालिका–२ को कार्यालयले टिमुरे गाउँमा गरेको विकासका प्रगतिसमेत सार्वजनिक गरेको छ । टिमुरे गाउँभित्र सिमेन्टको बाटो तथा नाली, पहराको कान्लामा रहेको बौद्ध गुम्बा जाने सिँढी, मैदान, गुम्बाको भान्छा एवं शौचालय, गाउँकै छेउमा विश्राम चौतारो, खेल मैदान, प्राकृतिक तातोपानीको व्यवस्थापन, विकटस्थानमा रहेको खैदीगाउँ जाने मोटरबाटो र वडा कार्यालय भवन निर्माण गरेको छ ।

सम्पन्न गरिएका विकास निर्माणमा वाग्मती प्रदेश सरकार, स्थानीय तह साथै निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट लगानी गरिएको बताइन्छ । करिब रु दुई करोड ७८ लाखको लागतमा सम्पन्न उक्त विकास कार्यक्रममध्ये गाउँको बाटो तथा नाली, तातोपानी पोखरी निर्माणमा आर्थिक साथै टिमुरेदेखि खैदीगाउँसम्म सडकको ट्र्याक खोल्ने कार्यका लागि डिजेल उपलव्ध गराई निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गरेको वडा कार्यालयले जनाएको छ ।

पहरामा अवस्थित टिमुरे गुम्बा संरक्षणको लागि छेउमा सिमेन्ट खम्बा उठाइ प्राङ्गण फराकिलो पारिएको र खेल मैदान भने ग्याबिन पर्खालको सहायताले निर्माण भएको वडा सचिव वाङ्दी घलेले बताए । ठाउँको अभावमा भीरालो जमिनलाई सदुपयोग गर्दै बनाइएको खेल मैदानका थप केही अधुरो कार्य यसै आर्थिक वर्षमा पूरा हुने जनाइएको छ ।

विसं २०७२ को मङ्सिर १५ बाट औपचारिक रूपमा रसुवागढी नाका सञ्चालन भएसँगै सीमावर्ती क्षेत्र टिमुरे तथा घट्टेखोलाका स्थानीय बासिन्दा माझ आमूलपरिवर्तन आएको छ ।

निजी आठ र दश वटा ठूला व्यावसायिक पक्की संरचनासमेतको नयाँ स्वरूपले सम्पूर्ण घर निर्माण भई अधिकांश व्यक्ति होटल तथा लज सञ्चालनमा लगनशील भइसकेकाले जीविकोपार्जनमा नयाँ परिवर्तन आइसकेको वडाध्यक्ष तामाङले जानकारी दिए ।
रासस

वि.सं.२०७७ पुस १४ मंगलवार १२:१९ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...