back
CTIZAN AD

निरंकुश तानशाह ओली आफै बिघटीत-प्रचण्ड

वि.सं.२०७७ पुस १४ मंगलवार

729 

shares

१४ पुस, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुश तानशाहका रुपमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली आफै बिघटीत भएको बताएका छन् ।

राजधानीमा मंगलवार भएको बिरोध प्रदर्शनपछिको सभामा बोल्दै नेता प्रचण्डले ओली बिघटन हुनुका आधारहरु बताएका थिए । ओली आफ्नै कारण बैशाखभन्दा पछि शासनमा रह नसक्ने कुरा समेत उनले बताएका थिए ।

पहिलेको संबिधानमा संसद बिघटनको ब्यबस्था भएपनि बिवादीत हुन्थ्यो तर अहिले त बिकल्पै बिकल्प भएका बेला उनलाइ जनताले क्षमा दिने छैनन् भन्नेकुरो देशैभरीको खबरदारीले संकेत गरेको पनि प्रचण्डले बताएका थिए । प्रतिगमनकारीलाइ छोड्नेवाला छैनौ भन्दै उनले जनताको इतिहांस संघर्षको इतिहांस हो भनेर कडा आक्रोश ब्यक्त गरेका थिए । उनले भने ‘समयमा गल्ती नसच्याउने हो भने सजिलै बढारीनु बाहेक अर्को बाटो छैन ।’

कार्यक्रममा उनले बैठक बस्ने भनेपछि सातो गएको, आलोचना सुन्नै नचाहेको, बैठक बस्नै परेपनि मनपरी बोलेर हिंड्ने गरेको, कार्यदलको निर्णय पनि नमान्ने गरेको, आफनो पक्षमा जुलुस निकाल्ने, अध्यादेश पटक–पटक ल्याएको , योजनामै एमाले दर्ता गरेको, सय जना राखेर बाह्रसय थप्ने काम गरेको जस्ता बिषयमा उनले बोलेका थिए । प्रचण्डले पाटी फुट्ला की भनेर धेरै सहेको बताउदै ओलीको मनस्थिती नै प्रतिक्रान्तिकारी भएको बताएका थिए ।

राजधानीका बिभिन्न ठाउँबाट आएको नेकपाको जुलुस सभागृह अगाडी सभामा परीणत भएपछि उनले सम्बोधन गरेका थिए । जनआन्दोलन परीचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठ सहित नेतृ अष्टलक्ष्मि शाक्य,वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायतका नेताले बोलेका थिए भने कार्यक्रमको संचालन योगेश भटराइले गरेका थिए । नेता नारायणकाजीका अनुसार सरकारको षड्यन्त्रका वावजुद पनि आज देशैभर बिरोध प्रदर्शन भएका हुन् ।

वि.सं.२०७७ पुस १४ मंगलवार १६:५५ मा प्रकाशित

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...