back
CTIZAN AD

आज कोरोनाबाट देशैभर ७०८ जना संक्रमित, ७३१ जना निको, ८ जनाको मृत्यु

वि.सं.२०७७ पुस १४ मंगलवार

741 

shares

१४ पुस, काठमाडौं । नेपालमा आज ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १३५ नमुना परीक्षणमा उपत्यकाका ३९८ जनासहित देशैभरी ७०८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २७० र ४३८ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा ४१ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ४४२ जना, गण्डकी प्रदेशमा ३७ जना, लुम्बिनी प्रदेशमा १३२ जना तथा कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ५५ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ७०८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । निको हुनेको यो दर ९६.८ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ८जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४० पुगेको छ ।

वि.सं.२०७७ पुस १४ मंगलवार १७:१२ मा प्रकाशित

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...