back
CTIZAN AD

आइएमई ‘भरोसा कोश’, चितवन अवस्थित आवेदकलाई रकम वितरण शुरु

वि.सं.२०७७ पुस १५ बुधवार

801 

shares

१५ पौष, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण सुरु भएको छ । कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।

गत हप्ता पौस ९ गते बिहिवारका दिन चितवनमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयूक्त रूपमा आवेदक स्व. बुद्धि लाल सार्की को पत्नी श्री सीता सार्की लाई चेक हस्तान्तरण गरेका थिए ।

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने पनि व्यवस्था मिलाइएको कोशको सहयोग राशि पुसमसान्तसम्म हस्तान्तरण गरिसक्ने लक्ष्य लिइएको छ । कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारको पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोशको स्थापना गरिएको हो ।

साथै निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केहि न केहि सहयोग पुग्ने र देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको दुखद् निधन सम्बन्धित परिवारका लागि मात्र नभई राष्ट्र कै लागि अपुरणीय क्षति भएको छ ।

सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाइएको थियो ।

वि.सं.२०७७ पुस १५ बुधवार १६:२६ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...