back
CTIZAN AD

झापाका युवाले कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती गर्दै

वि.सं.२०७७ पुस १५ बुधवार

843 

shares

१५ पुष, झापा । पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसाईं मिलेर प्याज खेती शुरु गरेका हुन् ।
ती युवाले १० वर्षका लागि २२ बिघा जग्गा भाडामा लिएर कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । “झापालाई प्याजमा आत्मनिर्भर हाम्रो लक्ष्य छ”, केशव भूर्तेल भन्छन्, “यहाँको मागलाई धान्न आफ्नै खेतबारीमा प्याज फलाउन सकिन्छ भन्ने किसानलाई सन्देश दिन पनि हामीले प्याजको खेती शुरु गरेका हौँ ।” उनीहरुमध्ये न्यौपाने कोरियाबाट फर्केका युवा हुनुहुन्छ । कोरियामा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरेर जिल्लासँगै नेपाललाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको भूर्तेलले बताए ।

उनीहरुले शुरुमा २२ बिघाबाट शुरु गरे पनि भविष्यमा ५० बिघामा खेतीको विस्तार गर्ने बताए । यतिबेला उनीहरुले प्याजको बेर्ना रोप्न शुरु गरेका छन् । प्रतिबिघा १० हजार केजी प्याज फलाउने उनीहरुको योजना छ ।

यसअघि सप्तरी, बारा, सिराहा, रौतहट, कैलाली, रूपन्देही, धनुषा, सर्लाही, खोटाङमा प्याजको व्यावसायिक खेती गरिँदै आएको छ भने झापामा यो पहिलो हो । स्थानीयवासीलाई रोजगारी मिल्ने र बजारको पनि समस्या नहुँदा प्याज खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी सोमनाथ प्रसाईँले बताए । उनले प्याजको बेर्ना लगाउन शुरु गरिएको हुँदा यतिबेला ५० जनालाई रोजगारी दिएको बताए ।

उनीहरुले मल्सिङ प्रविधिबाट प्याज खेती शुरु गरेको जानकारी दिनुभयो । हाल ५० जनालाई रोजगारी प्रदान गरे पनि बेर्ना रोपिसकेपछि १० देखि १५ जना स्थानीयवासीलाई दैनिक रोजगारी दिइने उनको भनाइ छ । “हामी बिचलित हुँदैनौं”, उनले भने,“अरु खेतीभन्दा यसको खेतीमा लगानी पनि धेरै हुने र मेहनत पनि धेरै भए पनि बजारको भने समस्या हुँदैन ।” उनका अनुसार प्याज उत्पादन भइसक्दा प्रतिकेजी रु १५ देखि २० सम्म खर्च हुने अनुमान छ ।

कृषि ज्ञान केन्द्र झापाका कृषिविद् शालिकराम भट्टराईले प्याज खेतीका लागि बलौटे माटो चाहिने हुँदा झापा त्यसका लागि उपयुक्त रहेको बताए । प्याज रोपेको चार महिनामा बजार पठाउन मिल्ने उनको भनाइ छ । (रासस)

वि.सं.२०७७ पुस १५ बुधवार १६:३५ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...