back
CTIZAN AD

आज देशैभरी ५११ जना नयाँ संक्रमित थपिए, ६ सय संक्रमणबाट मुक्त, ७ जनाको मृत्यु

वि.सं.२०७७ पुस १५ बुधवार

690 

shares

१५ पुस, काठमाडौं । नेपालमा आज ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १३५ नमुना परीक्षणमा उपत्यकाका ३१२ सहित देशैभरी ५११ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २०४ र ३०७ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा २४ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ३५५ जना, गण्डकी प्रदेशमा ६५ जना, लुम्बिनी प्रदेशमा ६१ जना तथा कर्णाली प्रदेशमा ४३ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ५११ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६०० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । निको हुनेको यो दर ९६.९ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

आज कोरोनाबाट देशैभर ७०८ जना संक्रमित, ७३१ जना निको, ८ जनाको मृत्यु

वि.सं.२०७७ पुस १५ बुधवार १६:३८ मा प्रकाशित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

माडीमा जडीबुटी उद्यान बनाईदै

माडीमा जडीबुटी उद्यान बनाईदै

चितवन । यहाँको माडी नगरपालिकामा जडीबुटी पार्क ९उद्यान० बनाउन थालिएको...

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त

पाल्हीनन्दन (नवलपरासी) । पश्चिम नवलपरासीका किसानले धान रोपाइँ सुरु गरेका...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...