back
CTIZAN AD

तमुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न मन्त्री गुरुङको आग्रह

वि.सं.२०७७ पुस १५ बुधवार

774 

shares

१५ पुष, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तमुहरुबीच एकता, सद्भाव, सहयोग र समन्वयको भावना जगाइराख्न देशविदेशमा रहेका गुरुङ समुदायलाई आग्रह गरेका छन् । तमु समुदायको मुख्य पर्व तमू ल्होसारका अवसरमा तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले ल्होसार पर्वले समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न सहयोग पुग्ने बताए ।

गुरुङ समुदायले भव्य रुपमा विगतका वर्षमा टँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी भेटघाट गर्ने, रमाइलो गर्ने गरे पनि यस वर्ष कोरोना भाइरसका कारण त्यसरी मनाउन नपाइए पनि भिडियोमार्फत शुभकामना दिने र भेटघाट गर्ने अवसर मिलेकामा आयोजकप्रति नेपाल सरकारका प्रवक्ता गुरुङले धन्यवाद दिए । देशका विभिन्न भूभागमा रहेका गुरुङ समुदायले आज नयाँ वर्षको स्वागतसहित तमु ल्होसार पर्व विभिन्न कार्यक्रम गर्दै मनाइरहेका छन् ।

वि.सं.२०७७ पुस १५ बुधवार १६:४७ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...