back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा पुस १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १५ बुधवार

645 

shares

१५ पुस, काठमाडौं । नेपालमा बुधबार (१५ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख २६ हजार ४७७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५,११० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६,३०० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,४७७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,८२३ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २१७ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ११, प्रदेश २ मा ३, बागमती प्रदेशमा ७१, गण्डकी प्रदेशमा ६३ लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिममा ३ जना गरी जम्मा २१७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा २ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी र लुम्बिनी प्रदेशमा ५÷५ जना, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा २\२ जना गरी जम्मा ३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्लाहरुमा मुगु, रुकुमपश्चिम, महोत्तरी, सर्लाही र सिराहा रहेका छन् ।

त्यस्तै आज थपिएका ५११ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६० हजार १८ पुगेको छ । साथै आज ६०० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८४७ पुगेको छ ।

आज देशैभरी ५११ जना नयाँ संक्रमित थपिए ६ सय संक्रमणबाट मुक्त, ७ जनाको मृत्यु
नेपालमा आज ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १३५ नमुना परीक्षणमा उपत्यकाका ३१२ सहित देशैभरी ५११ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २०४ र ३०७ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा २४ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ३५५ जना, गण्डकी प्रदेशमा ६५ जना, लुम्बिनी प्रदेशमा ६१ जना तथा कर्णाली प्रदेशमा ४३ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ५११ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ६०० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६०० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ । निको हुनेको यो दर ९६.९ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८४७ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ हजार २२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १०९, प्रदेश २ मा २३, बागमती प्रदेशमा १,२१० गण्डकी प्रदेशमा ३६७, लुम्बिनी प्रदेशमा ६८६, कर्णाली प्रदेशमा ८९ र सुदूरपश्चिम प्रदेशमा ३३९ जना गरी २,८२३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३,४७७ जनाको उपचार भइरहेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १५ बुधवार १७:०९ मा प्रकाशित

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...