back
CTIZAN AD

लोडसेडिङको तयारी, कुलमानको विदाईसँगै डामाडोल व्यवस्थापन

वि.सं.२०७७ पुस १६ बिहीवार

846 

shares

१६ पुस, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले अनौपचारिक रुपमा चार वर्षपछि लोडसेडिङको निरन्तरता दिन लागेको छ । त्यसको सुरुवात स्वरुप प्राधिकरणले लोड व्यवस्थापनको नाममा ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना प्रकाशन गर्न थालेको छ ।

प्राधिकरणले काठमाडौं बानेश्वरको लोड व्यवस्थापनका लागि भन्दै ललितपुरका चापागाउँ, हरिसिद्धि र खुमलटारस्थित रेडियो नेपाल क्षेत्रको लाईन १ देखि ३ घण्टासम्म कटौती गर्नेगरी सूचना निकालेको छ । प्रकाशित गरिएको सुचना अनुसार चापागाउँमा बिहान ९ बजेदेखि १० बजेसम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजेदेखि ३ बजेसम्म विद्युत कटौती हुने छ ।

यो अवस्था लोडसेडिङको सुरुवातको रुपमा नभइ लोड व्यवस्थापनका लागि गरिएको विद्युत प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्य बताउछन् । उनी भन्छन्,‘ बानेश्वर सवस्टेसनको एउटा लाइन पाटनहुँदै हरिसिद्धिसम्म गएको छ। त्यसैले उक्त लाइन व्यवस्थापन गर्न हरिसिद्धिसम्म लाइन काट्नु परेको हो । ’ तर प्राधिकरणकै केहि कर्मचारीहरुभने कुलमान घिसिङ बाहिरिएसँगै व्यवस्थापन भताभुङ हुदै गएको र यो लोडसेडिङको सुरुवाती चरण रहेको बताउछन् ।

काठमाडौंको लोडलाइ हेर्ने हो भने गत वर्षको भन्दा कम छ । काठमाडौंमा गत वर्ष साढे चार सय मेगावाट हाराहारी विद्युतको माग थियो भने हाल ३७० देखि ८० मेगावाटसम्म मात्रै विद्युत माग रहेको छ।

वि.सं.२०७७ पुस १६ बिहीवार १६:४२ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...