back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा पुस १६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १६ बिहीवार

723 

shares

१६ पुस, काठमाडौं । नेपालमा विहिबार (१६ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ३२ हजार ४७७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ६ हजार नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६,३७८ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ३,५०६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,८७२ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा २३६ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ११, प्रदेश २ मा १, बागमती प्रदेशमा ८६, गण्डकी प्रदेशमा ६६ लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिममा ३ जना गरी जम्मा २३६ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ३ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ५ जना, लुम्बिनी प्रदेशमा ५ जना कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १/१ जना गरी जम्मा ३६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा ३६२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्लाहरुमा मुगु, रुकुमपश्चिम र महोत्तरी रहेका छन् ।

त्यस्तै आज थपिएका ५३४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । साथै आज ४४७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८५६ पुगेको छ ।

आज कोरोनाबाट देशैभरी ५३४ संक्रमित, ४४७ जना निको, ९ जनाको मृत्यु
नेपालमा आज ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार वटा नमुना परीक्षणमा उपत्यकाका २४७ जनासहित देशैभरी ५३४ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १९६ र ३३८ जना पुरुष रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा २४ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा २९७ जना, गण्डकी प्रदेशमा ६७ जना, लुम्बिनी प्रदेशमा ६९ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ७३ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ५३४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४४७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । निको हुनेको यो दर ९६.८ प्रतिशत हो ।

त्यस्तै आज कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८५६ पुगेको छ ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ हजार ८७२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ११८, प्रदेश २ मा २८, बागमती प्रदेशमा १,२३० गण्डकी प्रदेशमा ३७५, लुम्बिनी प्रदेशमा ६०९, कर्णाली प्रदेशमा ८७ र सुदूरपश्चिम प्रदेशमा ४२५ जना गरी २,८७२ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३५०६ जनाको उपचार भइरहेको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार १६:५५ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...