back
CTIZAN AD

एमसीसी रोकेको भन्दै सभामुख सापकोटामाथि खनिए ओली

वि.सं.२०७७ पुस १७ शुक्रवार

1.3K 

shares

पुस १७, काठमाडौं । विघटित संसदका सभामुख अग्निप्रसाद सापकोटाविरुद्व प्रधानमन्त्री केपी शर्मा ओली खनिएका छन् । शुक्रबार प्रवासी नेपाली एकता मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनी सापकोटामाथि खनिएका हुन् ।

एमसीसी सम्बन्धी प्रस्तावलाई संकेत गर्दै उनले सभामुख सापकोटाले उक्त प्रस्ताव निर्णयार्थ पेस हुन नदिएर रोकेको भन्दै आक्रोश प्रकट गरे । उनले सभामुख सापकोटाको शैली संसदीय अराजकता भएको बताए ।

‘सरकारले संसदमा निर्णयार्थ प्रस्तुत गरेका कुराहरु सभामुखले प्रस्तुत नगर्ने, योभन्दा संसदीय अराजकता के हुन्छ ? सरकारको प्रस्ताव निर्णयार्थ पेस गर्नुपर्ने छ, त्यो नगरिदिने’, एमसीसी परियोजनामाथि संकेत गर्दै उनले भने, ‘हाम्रा कुटनीतिक सम्बन्धहरु कमजोर हुने, आशंकित हुने, अविश्वसनीय हुन्छन्, हाम्रा विकासका प्रयासहरुमा बाधा पुग्छन्, संसदले गर्नुपर्ने निर्णय गर्न नदिएर सभामुखले रोकेर राख्छन् ।’

ओलीले सभामुख सापकोटामाथि संकेत गर्दै औषधी ताजा जनादेश नै भएको बताए । ‘यसको दबाई के हो ? यसको दबाई ताजा जनादेश नै हो’, उनले भने ।

पूर्वसभामुख कृष्णबहादुर महराले पनि एमसीसी रोकेको भन्दै ओलीले सार्वजनिक रुपमै आक्रोश पोख्दै आएका थिए ।

सत्तारुढ नेकपाभित्रको विवादका कारण एमसीसी सम्झौता संसदबाट पारित हुन सकेको छैन् । पार्टी विभाजन पूर्व नेकपाले एमसीसीका प्रावधानमाथि प्रश्न उठाउँदै पारित गर्न इन्कार गरेको थियो ।

तर, ओली भने निरन्तर एमसीसी पारित गर्ने पक्षमा लागिरहेका छन् ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १५:४१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...