back
CTIZAN AD

लोकतान्त्रिक गणतन्त्रको नाममा सर्वसत्तावाद कायम गर्ने प्रयास गरियो–अध्यक्ष थापा

वि.सं.२०७७ पुस १७ शुक्रवार

747 

shares

१७ पुस,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गणतन्त्रको नाममा देशमा सर्वसत्तावाद कायम गर्ने प्रयास भएको बताएका छन् ।

सरकारविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरिएको विरोधप्रदर्शनमा सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख राजनैतिक दलहरु मिलेर संबैधानिक अंगहरु, राज्यका संयन्त्रहरु कब्जा गर्ने र राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन गर्ने काम भएकाले यसले देशमा संबैधानिक जटिलता सिर्जना गरेको बताएका छन् ।

देशले भोगिरहेको अहिलेको अवस्थाको कारण केवल बर्तमान सरकार एउटा दल वा एउटा नेताको कारण मात्र नभएर सिमित राजनीतिक दलका नेताहरु जिम्मेवार रहेको अध्यक्ष थापाको आरोप थियो ।

‘तर आज देशले जुन अवस्था भोग्नु परिरहेको छ यो केवल बर्तमान सरकार, एउटा दल वा एउटा नेताहरुको कारणले मात्र होइन, उहाँहरुको गल्ति छ उहाँहरु दोषि हुनुहन्छ, भत्काउन र बिर्गानको निमित्त सिमित राजनीतिक दल र तीनका नेताहरु जिम्मेवार छन् । तर मुख्य रुपमा भन्ने हो भने अहिले देशले भोग्नु परेको संकट विकृति र विसंगतिको मुख्य कारण १४ वर्ष अगाडि सुरु गरिएको बाटो र विचार नै गलत छ । बाटो र विचार गलत भएपछि जतिसुकै राम्रो भएपनि गन्तव्यमा पुग्न सकिदैन ।’

अध्यक्ष थापाले हालको वर्तमान संकटबाट मुक्त हुनका निम्ति नयाँ ढंगबाट अगाडि बढ्न सबै राजनीतिक दलसँग आग्रह गरेका थिए । उनले राजनीतिक दलहरुले भनेको महान उपलब्धि गणतन्त्र संघीयता र धर्मनिरपेक्षता १४ वर्ष अभ्यास गरिएको र यसको अनुभवबाट पाठ सिकेर राजादेखि विप्लव माओवादी, कांग्रेस, कम्युनिष्ट, मधेशवादी सबै राजनैतिक दल र शक्तिहरु सबै अटाउन सक्ने राजनीतिक प्रणालीको विकास गर्नुपर्ने समेत बताएका थिए । थापाले देश र जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्ने हो भने त्यो पनि असम्भव नभएको बताए ।

‘नेपालको राष्ट्रिय पहिचानलाई कायम गर्नका निमित्त पूर्ण धार्मिक स्वतन्त्रता र समानता सहितको सनतातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गरौ, संघीयताको वर्तमान स्वरुपबारे पुनरावलोकन गरौं हामीले राजसंस्थाको कुरा गरेर निरंकुश राजतन्त्रको कुरा गरेको होइन, हामीलाई थाहा छ देशमा ठूलो संख्यामा गणतन्त्र पक्षधर जनता पनि छन् परिवर्तनकारीहरु पनि छन्, तर्सथ हामीले परिकल्पना गरेको राजसंस्था परिवर्तनकारी शक्ति गणतन्त्रवादीहरुलाई पनि चित्त बुझ्ने राजसंस्थासहितको लोकतन्त्रको कुरा गरेका हौं ।’

अध्यक्ष थापाले साशन जनता तथा उनीहरुका प्रतिनिधिले गर्ने देशको अभिभावक राष्ट्रिय एकता र प्रतिकको रुपमा राजसंस्था राष्ट्रप्रमुखका रुपमा रहने मध्यमागी, अग्रगामी विचार नै नेपालको राष्ट्रिय सुरक्षा र समृद्दिको ग्यारेन्टि रहेको बताए ।
उनले अब निधेषको राजनीति नभएर समावेशी सबै नेपाली अटाउने साझा व्यवस्थाको निर्माण गर्नुपर्ने समेत बताए ।

 

वि.सं.२०७७ पुस १७ शुक्रवार १६:०० मा प्रकाशित

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...