back
CTIZAN AD

श्रमको सम्मान गर्न सिक्नुपर्छ: मन्त्रीअर्याल

वि.सं.२०७७ पुस १८ शनिवार

753 

shares

१८ पौष, काठमाडौं । कृषितथा पशुपन्छी विकास मन्त्री पदमा अर्यालले श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको बताएकी छन् ।

शुक्रबार बानेश्वर १०, थापागाउँस्थित कृषिबजारको उदघाटन गर्दै कृषिमन्त्री अर्यालले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रवृत्तिको विकास गर्नुपर्नेमा जोड दिइन् । के काम गर्छौ रु कृषि भन्दा ङिच्चा दाँत गर्ने, जागिर भन्दा राम्रो मान्ने प्रवृत्ति छ, उनले भनिन् अब नेपालीले श्रमको सम्मान गर्न सिक्नुपर्छ ।’ श्रम गर्ने सानो हुने तर चुट्कीमार्ने, चौतारी र होटलमा बस्ने ठूलो हुने सोचले कृषि पेशा सस्यामा परेको बताइन् । रोगजारी तथा शिक्षाका लागि विदेश गएका युवाहरुले स्वदेश फर्किएर अहिले व्यवसायिक रुपमा कृषिकर्ममा लागेको भन्दै अब बेरोजगार युवाहरुलाई पनियसतर्फ आकर्षित गर्न आवश्यक रहेको बताइन् ।

सरकारले संघीय, प्रदेश र स्थानीय गरी तीनतहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गरिने बताइन् । पुँजीको विकास गरेर समाजवादमा जोडिने भन्दै मन्त्रीअर्यालले पुँजीको विकास गर्न सबै मान्छे श्रममाअनिवार्य रुपमा जोडिनुपर्ने बताइन् । ‘थनेत कृषिबजार किसानको बजार हो’ रैथाने कृषि उपजलाई सहज रुपमा सुपथ मूल्यमा उपभोक्ताको भान्सामा पु¥याउने हेतुले काठमाडौंमा थनेत प्लानेट फार्म प्रा.लि.९थनेत कृषिबजार० आज (शुक्रबार)देखि सञ्चालनमाआएको छ । बानेश्वर १०, थापागाउँस्थित कृषिबजारले किसान र उपभोक्तालाई जोडेर तरकारी, फलफुल तथा खाद्य सामग्रीलाई सुपथ मूल्यमा उपलब्ध गराउने मुख्य उदेश्य राखेको बजारका अध्यक्ष लोकबहादुर थनेतले बताए ।

नेपाल कृषिप्रधान देश भनिए पनि हामीहरु चर्को मूल्य तिरेर तरकारी किनेर खानु परेको छ, त्यसकारण विचौलिया हावीन होस भनेर हामीले किसानआफैंले आफ्ना उपजहरु ल्याएर विक्रि गर्न सकोस भनेर बजारको स्थापना गरेका हौं, उनले भने, ‘अन्य व्यवसायी साथीहरुका लागि हामीआफैं पनि किसानको खेतबारीमा पुगेर संकलन गरेर उपलब्ध गराउँछौं ।

यसैगरी, जागिर गर्नेको निश्चित अवधि पुगेपछि पेन्सन पाउँछ तर दशौं वर्षसम्म कामगर्दा पनिकिसानले केहि पनिनआउने अवस्था रहेकोले हामीसँग जोडिएका किसानहरुलाई कारोबारको आधारमा यस बजारको तर्फबाट सन्चयकोष (निश्चित रकमजम्मा )कोव्यवस्था गरिनेबताए । साथै किसानतथा यस बजारमा व्यवसायीहरुको सहुलियतका लागि आवश्यक अनुसार बैंकसँग कर्जाका लागि सहजिकरण गरिने छ भने कृषि उपजलाई बढाउन विभिन्न स्थानमा कृषि फार्महरु सञ्चालनका लागि प्ररित गरिने अध्यक्ष थनेतले बताए ।

यस्तै किसानहरुलाई बिउ, बिजन र औषधीउपलब्ध गराउनुका साथै आवश्यकताअनुसार किसानलाई प्रशिक्षणको व्यवस्था समेत गरिनेजनाएको छ । हाल ‘स्टोर रुम’बाहेक २६ वटा ‘इन्सटल’ सञ्चालनमा ल्याएको र निकट भविष्यमै काठमाडौं महानगरपालिकाको सबै वाडमा बजार विस्तार गर्ने योजना रहेको प्रबन्ध निर्देशक हरिराम भण्डारीले बताए । उनले कृषि पर्यटनलाई पनि प्रवद्र्धन गर्ने आफुहरुको लक्ष्य रहेको बताए ।

हाल इन्सटल राख्ने अधिकांश व्यवसायीहरु इजरायल, दुबई, कोरिया लगायत देशबाट फर्केकाहरुले सञ्चालन गरेका छन् भने हिमालदेखि तराईसम्म उत्पादित रैथाने उपजको सफाई, कुटानी, पिसानी, ग्रेडिङ र प्याकेजिङको काम पनि गर्नेछ । यस बजारमा ताजा तरकारी, फलफुलहरु,मसलाजन्य वस्तुहरु, लोकलअन्नहरु, खाद्यन्न, स्वस्थमासुहरु, दुग्धपदार्थहरु, पेय पदार्थहरु, सुखाफल तथा विविध पोषणयुक्त गेडागुडिहरु, औषधीय गुण भएका जडिबुटीहरु, विभिन्न बिउ, बिजनहरु, चिया तथा कफिहरु उपलब्ध छन् ।

बेलायतबाट एमबीए गरेर करिब ५ वर्ष अघि स्वदेश फर्केका थनेत अब कृषि क्षेत्रमा क्रान्ति गर्न युवाहरुको बाक्लो सहभागिता हुनुपर्ने बताउँछन् ।
बाहिराबाट आएपछि पहिले आफुले कन्ट्रक्सन र पर्यटन क्षेत्रमाकाम गरेको र कोरोना महामारीमा लकडाउन भएपछि आफुले पनि कृषि क्षेत्र रोजेको उनको भनाई छ ।

वि.सं.२०७७ पुस १८ शनिवार १०:४३ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...