back
CTIZAN AD

कोरोना कहरमा पनि नयाँवर्ष मनाउने पर्यटकले भरियो धुलिखेल

वि.सं.२०७७ पुस १८ शनिवार

666 

shares

१८ पुस, बनेपा । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२१ को आगमनसँगै आन्तरिक पर्यटकले धुलिखेलका होटल भरिभराउ भएका छन् । कोरोना भाइरस सङ्क्रमणको प्रभावले लामो समयदेखि प्रायः सुनसान बनेको काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेलका होटलमा नयाँ वर्ष मनाउन आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि अहिले धुलिखेल आउन चाहनेका लागि होटलमा बास बस्न कोठाको अभाव रहेको होटल व्यवसायी बताउँछन् ।

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्ष मनाउनको लागि धुलिखेल आउने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यतिबेला धुलिखेलका होटल भरिएको हो । धुलिखेल देवीस्थान डाँडामा रहेको होटल पानारोमाका सञ्चालक चञ्चल नगरकोटीले नयाँ वर्ष शुरु हुनुभन्दा अगाडिदेखि नै होटल बुक गर्ने गरेको कारण अहिले आउनेका लागि कुनै व्यवस्थापन गर्न नसक्ने बताए । “हामी कहाँ १५ दिन अगाडिदेखि सम्पर्क गरेर आउने पाहुना भएको कारण पछिल्लो समयमा आउनेको लागि ठाउँ व्यवस्थापन गर्न सकिरहेको छैन”, उनले भने “यहाँका होटल हिजोआज भरिएका छन् ।”

धुलिखेल भट्टेडाँडामा रहेको होटल सारथीका सञ्चालक प्रल्हाद प्याकुरेलले आफ्नो होलटमा आउने पाहुनालाई सबै व्यवस्थापन गर्न नसकेपछि नजिकैको अरु होटलमा बुकिङ गरी राख्नुपरेको बताए । “अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै केही दिनदेखि होटल निकै भरिपूर्ण बनेको छ”, उहाँले भने, “अहिले पछिल्लो समयमा धुलिखेल आउन चाहनेका लागि फोन सम्पर्कमा आउने पाहुनाका लागि ठाउँको व्यवस्थापन गर्न असमर्थ भएका छौँ ।” धुलिखेलका सबैजसो होटल भरिभराउ भएको कारण पछिल्लो समयमा धुलिखेल आउन चाहने आन्तरिक पर्यटकले होटल बुकिङ गर्न नपाएको बताए ।

धुलिखेल बसपार्कमा रहेको होटल माउण्ट प्रिन्सेजका सञ्चालकसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घ काभ्रेपलाञ्चोकका सचिव ज्योत्सना श्रेष्ठले काठमाडौँबाट नजिक, सडकको सुविधा भएको शान्त पारिवारिक वातावरण भएको ठाउँ भएको कारण पनि धुलिखेल पर्यटकको रोजाइमा पर्ने गरेको बताए “कोरोनाका कारण अहिले समय अलि प्रतिकूल रहे पनि विभिन्न क्षेत्रबाट धुलिखेल आउनेको सङ्ख्या निकै बढेको छ”, उनले भने “समय त्यस्तै भएकाले केही आइएनजिओ र एनजिओमा कार्यरत बाह्य पर्यटकबाहेक धेरैजसो आन्तरिक पर्यटक रहेका छन् ।” पहिला नै बुक गर्ने र बुक नगरिकन आउने आन्तरिक पर्यटकको आगमन निकै बढ्दै गएको उनले बताए ।

क्षेत्रीय होटल सङ्घ मानव संशाधन तथा तालीम व्यवस्थान समिति सदस्य मोहनबहादुर गजुरेलले नयाँ वर्षमा समूहमा रमाइलो र मनोरञ्जन गर्न शान्त वातावरणमा क्याम्प फायर गर्न आउनेको सङ्ख्या उल्लेख्य भएका बताए । “एकातिर काठमाडौँबाट नजिकको ठाउँ, अर्कोतिर वातावरण पनि चिसो र शान्त ठाउँ, कोलाहल नहुने प्राकृतिक मनोरम वातावरण भएको कारण पनि धेरैजसोको रोजाइको केन्द्र धुलिखेल भएको छ”, उनले भने, “झन पछिल्लो समयमा कोरोना महामारीका कारण घरमा नै खुम्चिएर बस्नुपरेको कारण मान्छेलाई कहाँ जाने होला भन्ने भइरहेको बेला अङ्ग्रेजी नयाँ वर्षमा घुम्न आउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।”

लामो दूरी चल्ने महत्वपूर्ण अरनिको राजमार्ग र बिपी राजमार्गले जोडिएको धुलिखेल पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । त्यससँगै स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको लागि भौतिक संरचनाको निर्माणसँगै पर्यटक लक्षित उद्यानको निर्माण र पैदल तथा साइकलयात्रीको लागिसमेत रुटको व्यवस्था गरेका कारण पर्यटकको सङ्ख्या बढ्दो छ । रमाइलो वातावरणसँगै होटलबाट बाहिर निस्केर केही समयमा हिँडेरै बजारक्षेत्रको माथि रहेको देवीस्थान डाँडामा गएर उद्यान क्षेत्रको आरामदायी बसाइसँगै हिमालय शृङ्खला तथा वरिपरिका प्राकृतिक दृश्य अवलोकन गरी आनन्द लिन पाउने र सुविधासम्पन्न प्रसस्त होटल भएकाले धुलिखेलको ख्याति बढ्दो छ । रासस

वि.सं.२०७७ पुस १८ शनिवार १०:४५ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...