back
CTIZAN AD

देशकै उत्कृष्ट अस्पताल बन्यो भक्तपुर अस्पताल

वि.सं.२०७७ पुस १८ शनिवार

1.1K 

shares

१८ पुस, भक्तपुर । भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्डअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्याङ्कन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा दु्रत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताए ।

गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अङ्कमा चित्त बुझाउनुपरेको थियो । अस्पतालको सफलतासँगै कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी पनि दङ्ग देखिएका छन् ।
वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले अस्पताल सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अवस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको चर्चा गरे ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुइतुइले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाइमा पु¥याउन अस्पतालको सिङ्गो परिवार लाग्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा रोशन न्यौपानेले भक्तपुर अस्पताल भक्तपुरवासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताए ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण राख्दै अस्पतालको पहिले र अहिलेको अवस्थाबारे सचित्र अवगत गराइन् । गरे सम्भव हुने आफ्नो अनुभव साट्दै उनले सम्पूर्ण स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले भक्तपुर अस्पतालको गत वर्षको अङ्कले निरास बने पनि यस वर्षको प्रगतीले सबैलाई हर्षित बनाएको भन्दै यसलाई कायम राख्नु र थप प्रगति गर्नु अस्पतालको लागि चुनौती थपिएको बताए ।

त्यसअवसरमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री, धादिङ अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झा, जनस्वास्थ्य निरीक्षक रेवती थापा, एनएसआइका कार्यक्रम अधिकृत सुशील बस्नेत, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

भक्तपुर अस्पतालमा प्रशासनिक नेतृत्व गरिरहेकी डा सुमित्रा गौतमको सक्रियता र उहाँको अस्पताल सञ्चालन तथा विकास समितिको नेतृत्व गरिरहेका मिलन सुवालसँगको तालमेलसँगै भक्तपुर अस्पतालले स्थापना र सञ्चालनको इतिहासमै ठूलो विकास गरेको हो ।
अस्पताल सञ्चालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसियु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै दुई दर्जन बेडसहित अस्पतालले एचसियु सञ्चालन गरेको छ । भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत शुरु भएको छ । यसअघि रिफर सेन्टरको रुपमा रहेको अस्पताल अहिले बिरामीको पहिलो रोजाइ बन्न सफल भएको देखिन्छ । यसअघि भक्तपुर अस्पताल वाग्मती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएको थियो । गत कात्तिकमा प्रदेशभरीको अस्पतालबाट छनोट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो । रासस

वि.सं.२०७७ पुस १८ शनिवार १०:५३ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...