१८ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पुनस् विरोध जनाएकी छिन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमको विरोधमा रहेको झाँक्रीले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत विरोध जनाएकी हुन् ।
सरकारले काम गर्न नसकेको सत्य भएको उल्लेख गरी उनले प्रधानमन्त्रीले नभएको अधिकार प्रयोग गरी संसद विघटन गराएको बताइन् । ‘भ्रष्ट्राचारीको संरक्षण गरेको सत्य हो । हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो ।’
झाँक्रीले भनेकी छिन्, ुसंसद विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन । यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन ।ु ओली सरकारले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा सत्ता र सडकमा बाँडिएको छ
वि.सं.२०७७ पुस १८ शनिवार १०:५६ मा प्रकाशित






























