back
CTIZAN AD

‘कालो’ देख्दा तर्सछन् ओली !

वि.सं.२०७७ पुस १८ शनिवार

789 

shares

पुस १८, काठमाडौं । गत बुधबार दिउँसो बबरमहलस्थित कार्की ब्यांकेट नेकपा ओली पक्षको सुदुरपश्चिम स्तरीय भेला आयोजना गरिएको थियो । भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो । प्रधानमन्त्रीसमेतको जिम्मेवारीमा रहेका ओली कार्यक्रममा सहभागी हुने भएपछि कार्यक्रम स्थलमा सुरक्षा कडाई हुनु त स्वभाविकै नै थियो तर, उक्त कार्यक्रम स्थलमा अनौठो अर्को दृश्य देखियो, त्यो हो ‘कालो’ मास्क र गलबन्दी धारीलाई प्रवेश निषेध ।

कालो मास्क र गलबन्दी धारीलाई प्रवेश निषेध गरिएसँगै धेरै ओलीका सुभेच्छुक उक्त कार्यक्रमबाट फिर्ता भएका थिए । कालो बस्त्रकै कारण उक्त कार्यक्रम स्थल पुगेका कार्यकर्ता अन्यौंल पर्दै फर्किएका थिए ।

शनिबारको कार्यक्रममा कालो टोपी पनि निषेध

ओली पक्षले शनिबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा बृहत कार्यकर्ता भेला राखेको छ । भेला अहिले जारी छ । जहाँ प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

यसअघि कै जस्तै प्रज्ञामा पनि कालो बस्त्रधारीलाई प्रवेश निषेध गरिएको छ । यसअघि कालो मास्क र गलबन्दी लगाउनेलाई निषेध गरिएकोमा प्रज्ञाको कार्यक्रममा कालो टोपी लगाउन पनि प्रतिबन्ध लगाइएको छ ।

कार्यक्रम स्थलमा खटिएका सुरक्षाकर्मीले ‘कालो लगाउन प्रतिबन्ध’ भन्दै रोकेका छन् ।

किन कालोदेखि डराउँछन् ओली ?

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरेकी थिइन् । जुन विघटनको निर्णयसँगै ओली स्वंयले नेतृत्व गरेको नेकपा विभाजित बनेको छ ।

अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समुह सडक आन्दोलनमा गएको छ भने ओली सरकारमा छन् । उनले संसद विघटन गरेसँगै मन्त्रिपरिषद पुनर्गठन पनि गरेका छन् ।

उनका निर्णयहरु अहिले अदालती बहसका विषय बनेका छन् । उनको निर्णयप्रति विभाजित नेकपाका नेताहरु मात्रै होइन् समग्र देश नै आन्दोलनमा छ ।

अहिले प्रचण्ड–नेपाल समुह मात्रै नभई सरकार बाहिरका सबै दलहरु सडकमा छन् । ओलीको कदम असंवैधानिक भएको र उनी अधिनायकवाद तर्फ उन्मुख रहेको धेरैको ठहर छ ।

उनले नेतृत्व गरेको समुहका धेरै नेता तथा कार्यकर्ता पनि उनीप्रति असन्तुष्ट छन् । असन्तुष्ट नेता तथा कार्यकर्ता आफुँविरुद्व जुनसुकै बैला आक्रामक रुपमा आउन सक्ने भन्दै उनले सुरक्षा कडाईदेखि कालो बस्त्र धारीलाई कार्यक्रम स्थलमा निषेध गरेको धेरैको बुझाई छ ।

असन्तुष्ट कार्यकर्ता नेताहरुमाथि जाईलागेका घटना नेपालमा धेरै पटक देखिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड र झलनाथ खनाललाई कार्यकर्ताले झापडसमेत हानेका थिए ।

वि.सं.२०७७ पुस १८ शनिवार १५:०३ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

चितवनमा याक चिज

चितवनमा याक चिज

चितवन । यहाँका वजारमा याक चिज उपलब्ध हुन थालेको छ...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...