२० पुस, काठमाडौं । गएराति भएको खेलमा उडिनासका विरुद्ध रोनाल्डोले दुई गोल र एक एसिस्ट सहितको उत्कृष्ट प्रदर्शन गर्दा जुभेन्टस ४- १ ले विजयी बन्यो । रोनाल्डोले भने दुई गोलका साथ पेलेको अफिसियल खेलमा गरेको गोलको रकर्ड भंग गरे ।
एरोन राम्सेको पासमा खेलको ३१ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले पेलको ७५७ गोलको कीर्तिमानीसँग बराबरी गरे । खेलको ७० औँ मिनेटमा दोस्रो गोल गर्दै उनले पेलेले बनाएको रेकर्ड तोड्दै ७५८ गोल गर्दै कीर्तिमानि कायम गरे । उनले यो सिजन सिरी एमा सर्वाधिक १४ गोल गरेका छन् ।
एक खेल कम खेलेको युभेन्टसकाे शीर्ष स्थानमा रहेको एसी मिलानको भन्दा १० अंक कम रहेको छ । चोटका कारण सिजनको धेरै खेल गुमाएका पाउलो डेबालाले पनि उडिनास विरुद्धको खेलमा गोल गर्दै आफु फिट रहेको संकेत दिए ।
फ्लोरेन्टिनासँगको खेल ३ -० ले गुमाएको युभेन्टसले २०२० को अन्त्य खराव नतिजाका साथ गरेको थियो । आफ्नो टिमकाे खेलबाट अझैपनि सन्तुष्ट हुननसकेका युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लो स्वबिकारछन्, ‘ फ्लोरेन्टिनासँगको हार पछी हामी डरमा थियौँ, हामिले प्रतिस्पर्दिको क्षेमता बुज्न असफल हुदै आएका थियौँ ।’ उनले भने,‘ खेकाे पहिलाे हाफमा विस्तारै लय लिदै गरेरे हामिले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्यौ, यो नै उत्कृष्ट युभेन्टस भने हैन् ।’
वि.सं.२०७७ पुस २० सोमवार १२:०३ मा प्रकाशित


























