पुस १२, काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अध्यक्ष दाहाल भने अनुपस्थित छन् । उनी पत्नीको उपचारका लागि सोमबार दिल्ली गएका छन् ।
बैठक माधवकुमार नेपालको अध्यक्षतामा बसिरहेको स्थायी समिति सदस्य लिलामणी पोखरेलले जानकारी दिए । उनका अनुसार आजको बैठकमा पार्टी एकता र सांगठनीक जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्ने कार्यसूची छ ।
यसअघि आइतबार बसेको बैठकले माधव कुमार नेपालको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो । जसबारे आजको बैठकले मुर्त रुप दिने बताइएको थियो ।
साथै संसद विघटनविरुद्व घोषणा गरिएको आन्दोलनका कार्यक्रमबारे आजको बैठकमा छलफल हुने जनाइएको छ ।
वि.सं.२०७७ पुस २० सोमवार १३:३२ मा प्रकाशित






























