back
CTIZAN AD

इलाममा व्यवस्थित तरकारी र पशु बजार स्थापना

वि.सं.२०७७ पुस २० सोमवार

684 

shares

२० पुष, इलाम । इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पुशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।

दुई वर्ष अघिसम्म इलामको तरकारी र पशु बजार कहाँ राख्ने टुङ्गो थिएन । जिल्लाको प्रशासनिक केन्द्र बनेको २०० वर्ष पुग्दै गर्दा पनि इलाम सदरमुकाममा तरकारी र पशु बजारको स्थायी संरचना पनि बनेका थिएनन् ।

इलाम नगरपालिकाले बजार क्षेत्रको अस्पताल खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको छ ।

गनाउने खोल्सीलाई व्यवस्थित गरी तरकारी बजार बनाएपछि अहिले किसान, व्यापारी र उपभोक्तालाई पनि राम्रो भएको तारिबारीका किसान सुप्रिम घिमिरेले बताए । उनले भने, “पहिले फोहरको डङ्गुर थियो हिँड्न पनि सकिदैनथ्यो, अहिले सुन्दर तरकारी बजार र पशु बजार बनेको छ ।”

नगरपालिकाले फोहर फ्याक्ने खोल्सीलाई व्यवस्थित गरी बजार विस्तार गरेपछि उपभोक्ता हर्षित भएको घिमिरेले बताए । इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीमा बाँध बाँधेर तरकारी र पशु बजार निर्माण गरेको हो । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालनसँगै मासु बजार र सवारी पार्किङ गर्ने स्थान रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

नगरपालिकाले पटक–पटक गरेर एक करोड ९० लाख २६ हजार ८५३ रुपैयाँ अस्पताल खोल्सी व्यवस्थित गर्न खर्च गरेको छ । एक हजार ९७३ घन मिटर ग्याबिन पर्खाल, १७४ मिटर नाली निर्माण, चार वटा टहरा, ढुङ्गाको सिँढी, रेलिङलगायतका संरचना निर्माण भएका छन् । तरकारी र पशु बजारको संरचना निर्माणपछि इलाम नगरपालिकाले सो क्षेत्रमा साइन्स पार्कसमेत निर्माण गर्दै छ ।
रासस

वि.सं.२०७७ पुस २० सोमवार १३:२८ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...