२० पुष, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत होबार्ट हुरिकेन्स र मेलबर्न स्टार्स बिच भएको खेलमा मेलबर्नले १० रनले जित हासिल गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । मेलबर्न स्टार्सका लागि ब्याटिङ्गमा मार्कस स्टोइनीसले ५५ बल खेल्दैँ सर्वाधिक ९७ रन बनाएर नटआउट रहेको थिए भने होबार्टका लागि बलिङ्गमा भने नेथन एलिसले ३, रिले मेरिडिथले २ र सन्दिप लामिछानेले १ विकेट लिन सफल भएका थिए ।
मेलबर्नले दिएको १८४ रनको लक्ष्य होबार्टले पुरै २० ओभर खेल्दाँ पनि पुरा गर्न सकेन । होबार्ट २० ओभरमा ६ विकेट गुमाएर १७३ रन मात्र बनाएको थियो । होबार्टका लागि बने म्याकडर्मोटले ५८ बलमा ९१ रनको विस्फोटक पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेनन् । मेलबर्नका लागि साम रेनबर्डले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै मेलबर्न स्टार्स अकं तालिकामो चौथौँ स्थानमा उक्लेको छ ।
वि.सं.२०७७ पुस २० सोमवार १४:१८ मा प्रकाशित

























