पुस २०, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र डा. प्रकाश चन्दले भेट गरेका छन् । प्रचण्डको सचिवालयले जनाएअनुसार विप्लव पुत्र प्रकाश सोमबार बिहान ९ बजे प्रचण्ड निवास छिरेका थिए ।
सचिवालयले जनाएअनुसार ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ रोगबाट पीडित प्रचण्ड पत्नी सिता दाहाललाई भेट्न चन्द खुमलटार गएका हुन् । चन्द पारिवारिक भेटघाटका क्रममा खुमलटार पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।
जनाएअनुसार प्रकाश आफुँ चिकित्सक भएको कारण पनि सीता दाहालको समस्याको बारेमा चिकित्सकीय सल्लाह दिन गएका हुन् । चन्दसँगको भेटघाट लगत्तै सीतालाई उपचारको लागि मुम्बई लगिएको हो ।
प्रचण्ड र विप्लव हाल राजनीतिक रुपमा भिन्न अवस्थामा छन । तरपनि उनीहरुका बीच पारिवारिक सम्बन्ध भने कायम रहेको बताइन्छ । प्रचण्ड परिवार र विप्लव परिवारका बीच युद्धकालदेखिकै सम्बन्ध छ ।
सम्बन्धित समाचार
वि.सं.२०७७ पुस २० सोमवार १४:१७ मा प्रकाशित





























