मैले जीवनमा धेरै नेपाली, हिन्दी, अंग्रेजी र भाषिक चलचित्र हेर्ने अवसर प्राप्त गरँे । अझै पनि यस बखत अलि कम तर युट्युब र सिनेमा हलहरुमा विभिन्न फिल्महरु हेरिरहेकै छु । हामि सबै प्राय फिल्मको कथासँग बग्ने र महशुस गर्ने गर्दछौ । मलाई विशेष गरेर चलचित्रको कथा र त्यसमा देखिएका दृश्यहरुमा बढो लगाव हुने गर्दछ । त्यसमा पनि स्वदेशमा खिचिएका गाउँ ठाउँ । त्यस्तै पछिल्लो पटक निर्माता, निर्देशक मेजन पुनमगरद्वारा निर्देशिक मगर फिल्म ‘ट्यांच्यालक’ हेर्ने मौका भैरहवाको काशी सिने प्लेक्समा पाए । चलचित्र हेरे पछि कथा र दृश्य मैले रुचाउने जस्तै रहेछ ।
यसभन्दा अघि मैले हेरेका चलचित्रहरुमा नेपाल भित्रका विभिन्न स्थानहरुको छायांकन गरिएको दृश्यहरुले मेरो मनलाई छोए पनि ‘ट्यांच्यालक’ चलचित्रको कथा अनुसार छायांकन गरिएको मानुहँकोटको दृश्यले मलाई अति प्रभावित र उत्साह बनायो । साथै छक्क परे,सधै हिँडीरहने सडक मास्तिर यति सुन्दर र हेरिरहुँ जस्तो लागि रहने स्थान रहेछ । मानुहँकोट सिने पर्दामा हेर्दा जति मनमोहक र रमाइलो थियो त्यतिनै चलचित्रको कथा झनै मार्मिक र मन छुने थियो । कथा अनुसारको पात्रहरु त भेटिन र उनको गुमेको भूमि फर्काउन समय लाग्ला तर मान्हँकोट पुग्न त समय नलाग्ला नि भनेर धेरै सोच विचार नगरी लागे तनहुँको दमौली बजार ।

दमौली बजारको चापाघाट देखि ६ किलोमिटर र समुन्द्र सतहबाट करिब एक हजार दुइ सय मिटरको उचाई मा मानुहँकोट रहेछ । चापाघाटबाट हामीहरु सवारी साधन या पैदलमाथि डाँडा पुग्न सकिन्छ । अहिले सडक बन्दै गरेको हुँदा सवारी साधनबाट आधा घन्टा र पैदल सडक भएर जाँदा २ घण्टा र ठाडै उकालो लागेपछि डेढ घन्टा भन्दा कम समयमा पुग्न सकिन्छ । यदि पैदल जाँदा केहि कठिनाई भए पनि मानुहँकोट पुगे पछि सारा थकान त्यहाँबाट देखिन दृश्यले बिर्सन बाध्य बनाउँछ ।
हिजोको इतिहास जे रहे पनि आज मानुहँ आन्तरिक र बाह्रय पर्यटकहरुको लागि राम्रो गन्तब्य हुन् पुगेको छ । वास्तवमा नेपालभित्र घुम्ने स्थान प्रशस्त छन् तर नेपाल सरकारले यस्ता गन्तब्यहरुको विकास गर्दै आम्दानीको स्रोत बनाउन असफल भएकै हो । त्यहाँका स्थानीयको भनाइ अनुसार वस्तिमा पानीको सुविधा प्रयाप्त मात्रामा नहुनुको कारण नै मानिसहरु गाउँ छोड्न बाध्य भएको जानकारी दिने गर्दछन । पटक–पटक निर्वाचित भएका नेताले पनि त्यहाँका जनतालाई झुठो आस्वासन बाहेक अरु केहि गरेनन् ।
मानुहँकोटबाट देखिने हिमाल र तल फाँटलाइ छोपेको बादलको दृश्यले जो कोहीलाई अनौठो र मनोरम लाग्दछ । अझ बिहान पूर्वबाट भर्खर उडाउदै गरेको सूर्य हेर्दा साँचै नै प्रकृतिको अनुपम उपहार धरतीमा बस्ने मानवजातिको लागि उर्जा नै हो । त्यहांँबाट हेर्दा मानौ यस्तो लाग्छ आकाशको बादल विश्राम गर्न धरतीलाइ ओउछ्यान र हिमाललाई सिरानी बनाइ निदाईरहेकी छिन् ।
मानुहँ कोटबाट देखिने चारैतिरको बिहानको दृश्य हेर्न अहिले आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गर्दछ । तर, त्यहाँ हुनुपर्ने पर्यटकहरुको लागि व्यवस्था अहिले पुर्णरुपले विकास भएको छैन । केहि स्थानियहरुले बस्न र खाना खाजाको धेरथोर व्यवस्था गरे पनि त्यो भने प्रयाप्त भने होइन । विशेष गरेर सुरुक्षाको व्यवस्था स्थानीय सरकारले तुरुन्त गर्नु पर्दछ । पानीकै कारण त्यहाँका वस्तिबाट मानिसहरु विस्थापित हुनुपरेको थियो भने अब त्यो स्थानलाई पर्यटकीय हिसाबले विकास गर्ने हो भने सबैभन्दा पहिला पानी र सुरुक्षाको व्यवस्था सरकारले गरि हाल्नु पर्दछ ।

मानुहँकोटबाट देखिने हिमाल र तल फाँटलाइ छोपेको बादलको दृश्यले जो कोहीलाई अनौठो र मनोरम लाग्दछ । अझ बिहान पूर्वबाट भर्खर उडाउदै गरेको सूर्य हेर्दा साँचै नै प्रकृतिको अनुपम उपहार धरतीमा बस्ने मानवजातिको लागि उर्जा नै हो । त्यहांँबाट हेर्दा मानौ यस्तो लाग्छ आकाशको बादल विश्राम गर्न धरतीलाइ ओउछ्यान र हिमाललाई सिरानी बनाइ निदाईरहेकी छिन् । तब सम्म दमौली बजारको साथै वरपरको स्थान बादलले ढाकेको कारण चिसो र अँध्यारो हुने गर्दछ । तर, मानुहँ कोटमा भने बिहानको घाम लागि सकेको हुन्छ,जसको कारण पनि त्यहाँ आउने पर्यटकहरु रमाइलो मान्दै फोटो खिचाउने र रमाइलो गर्ने गर्दछन् ।
बिहान दमौलीबाट हिड्दा यस्तो सुन्दर र मनोरम दृश्य हेर्न पाइन्छ भन्ने प्राय त्यहाँ आउने पर्यटकहरुले सोचेकै हुदैनन्,तर मानुहँ पुगेर ति रमाइलो दृश्य हेरेपछि मानिसहरु मंत्रमुग्ध भएका देख्न पाइन्छन । त्यहाँबाट देखिने दृश्य शब्दमा वर्णन गर्न निक्कै कठिन हुने गरेको छ । त्यो त आफै भौतिकरुपले सोहि स्थानमा उपस्थित भएर दृश्यावलोकन गर्नु पर्दछ । यस्तो लाग्छ बादल आकाशमा बस्न विर्सेर तल धरतीसँग लुकामारी खेल्न झरे झैँ । त्यसैगरी माथिबाट झरेको सूर्यको किरण । साँच्चै नै कति सुन्दर दृश्य । घन्टौ बसेर ति दृश्य हेरी रहे पनि मन नभरिने । मलाई लाग्छ त्यो सुन्दर दृश्य हेर्न सबै नेपाली एकपटक अवश्य मानुहँ पुग्ने पर्ने स्थान हो । र पुग्नु पनि पर्दछ ।

मानुहँ कोटबाट देखिने मनोरम दृश्य वर्षको पुरै महिना देखिदैन । विशेष गरेर जाडोयाममा देखिने ति सुन्दर दृश्य हेर्न मंसिर,पौष र माघमा जानु पर्दछ । तर पनि अन्य महिनामा पनि पर्यटकहरुको सुविधाको लागि भौतिक पुर्बधारहरु निर्माण गरे बाह्रै महिना आन्तरिक र बाह्रय पर्यटकहरु आकर्षित हुन् सक्दछन् । अब स्थानीय सरकारले कस्तो सोचका साथ विकास गर्दाछ त्यो भने हेर्न बाँकि छ । किन कि मानुहँकोट अब पर्यटकीय स्थलको रुपमा प्रचार भैसकेको छ । तर विकासको नाममा प्रयावारण र स्थानीय सम्पदा अनि स्थानीयवासीलाइ विशेष ध्यान दिनु जरुरी छ । विगत जस्तै स्थानीयको समस्या नबुझी विकास गर्न लाग्यो भने त्यसको कुनै अर्थ रहदैन। त्यसैले बाँच र बाँच्न देउको सिद्धान्तमा अबको समाजको विकास र स्थानीयको प्रगति हुनु पर्दछ ।
वि.सं.२०७७ पुस २० सोमवार १४:०३ मा प्रकाशित

























