back
CTIZAN AD

अवैध लागूऔषध कारोवार गर्ने होटल संचालक धामीसहित चार पक्राउ

वि.सं.२०७७ पुस २१ मंगलवार

684 

shares

२१ पुस, काठमाडौं । अवैध लागूऔषध कारोबारमा होटल एण्ड लजका संचालक बल बहादुर धामीसहित चारजना पक्राउ परेका छन् ।
कञ्चनपुर कृष्णपुर नगरपालिका १ दोमेल्ला घर भई कैलालीको गोदावरी नगरपालि २ रिङरोडस्थित न्यु जानकी होटल एण्ड लज सञ्चालक २९ वर्षीय धामीलाई करीब ७ किलो अवैध लागूऔषध चरेश सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

धामीको होटलमा लागूऔषध चरेशको कारोबार भइरहेको सू्चना पाएपपछि सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले सोहि होटलमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध चरेश फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कञ्चनपुर बेलौरी नगरपालिका(४ बजारबाट सोही नगरपालिका(१० भुडा बस्ने ३६ वर्षीय बल बहादुर चन्दलाई करीब ६३ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ र नगद ७८ हजार ४ सय ८० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरी र संघीय लागूऔषध ब्यूरो धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै भुँडाबाटै धनगढी उपमहानगरपालिका ३ बिशालनगर बस्ने २२ वर्षीय प्रेम बहादुर बमलाई ९ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुनसरी धरान उपमहानगरपालिका(१३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय सचिन प्रधान र संदिप राईलाई पनि करीब १ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका २ फलैचाका २२ वर्षीय फुर्वा शेर्पा लगायत २ जना ६ सय ६० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ पक्राउ परेका छन् । प्रहरी चौकी जोरपाटीबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

वि.सं.२०७७ पुस २१ मंगलवार १३:४९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...