२२ पुस, काठमाडौं । तीनदिन देखि निरन्तर रुपमा उकालो
मंगलपुर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैँयाले बढेर ९६ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन पनि ३ सय रुपैँयाले बढेर ९६ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि ५ रुपैँयाले बढेर प्रतितोला १३४० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ पुस २२ बुधवार ११:१५ मा प्रकाशित






























