back
CTIZAN AD

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ आजदेखि, इजलासमा पुरानै न्यायाधीश

वि.सं.२०७७ पुस २२ बुधवार

651 

shares

२२ पुष, काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दामा सर्वाेच्च अदालतले आजदेखि निरन्तर सुनुवाइ गर्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलाससंवैधानिक इजलास गठन गरेका छन् ।

संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका हुन् ।

यसअघिको गठन भएको संवैधानिक इजलास वरिष्ठताक्रम मिचेर एकपक्षीय शैलीमा इजलास गठन भएको भनी टिकाटिप्पणी उठ्दासमेत प्रधानन्यायाधीश जबराले पुनः पुष १० गतेकै इजलासलाई निरन्तरता दिएका हुन् । राणाले गठन गरेको संवैधानिक इजलासमा सम्बन्धीत विषयमा अनुभवी भन्दा पनि आफ्नो सहजता अनुसार न्यायाधीसहरु छानिएको भन्दै कानुन व्यवसायीहरुले सवाल उठाएका थिए ।

यसअघिको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा महान्यायाधिवक्ता नियुक्त भएकाले कार्की इजलासमा बस्न नहुने भनी प्रश्न उठाएका थिए तर प्रधानन्यायधिसले भने इजलासमा बस्नहुने भनी आदेश गरेका थिए ।

पुस १० गते भएको सुनुवाइपछि संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपति कार्यालय र प्रतिनिधि सभाका सभामुखलाई लिखित जवाफ दिन आदेश दिएको थियो । सो आदेशअनुसार सम्बन्धीत कार्यालयहरुले पुस १९ गते सर्वाेच्चमा जवाफ पठाइसकेका छन् ।

यसैबीच कानुन व्यवसायीहरुले राष्ट्रि विषयको महत्वपूर्ण मुद्दा संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने भनी मंगलबार निवेदन दिएका छन् । सो निवेदनमाथि समेत यहि संवैधानिक इजलासले सम्बोधन गर्नेछ ।

वि.सं.२०७७ पुस २२ बुधवार ११:१४ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...