back
CTIZAN AD

विदेशमा सीप, नेपालमा लगानी

वि.सं.२०७७ पुस २२ बुधवार

720 

shares

२२ पुष, चितवन । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो ।

रामग्राम नगरपालिका–५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले स्वदेश फर्किएर त्यहाँको सीपलाई यहाँ प्रयोगमा ल्याएका हुन् ।

मुस्ताङको धवलागिरि टेक्निकल स्कूलमा होटल व्यवस्थापनसम्बन्धी अध्ययन र गोकर्णथली रिसोर्टको प्रयोगात्मक कक्षाले सन २००९ मा उनलाई रोजगारीका लागि बेलायत पुर्याएको हो । त्यहाँको छ वर्षको होटल रेष्टुरेन्ट क्षेत्रको जागिरपछि उनी स्वदेशमै केही गर्ने अठोटका साथ फर्किए ।

पौडेलले भने, “फर्कनासाथ मैले पशुपालन गर्ने सोचले गुरु कृषि तथा पशुपालन फार्म खोलेँ । यससँगै होटल व्यवसाय पनि शुरु गरेँ ।” रामग्राममा दुई कठ्ठा जमिन खरिद गरेर रु दुई करोडभन्दा बढीको लगानीमा गुरु ग्रिनरी रेष्टुरेन्ट एण्ड लज उनले शुरु गरे । निरन्तरको मेहेनतसँग उनले त्यहाँबाट राम्रो सफलता हात पारे ।

पौडेलले भने, “वार्षिक रु २० लाख हाराहारी आम्दानी हुने गर्छ ।” पहिलो होटल राम्रो सञ्चालनमा आएसँगै उनले गत साताबाट नारायणी किनार गैँडाकोटमा गुरु ग्रिनरी फुड पार्क शुरु गरेका छन् ।

गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिसक्याम्प जाने सडक नजिकै नारायणीको भङ्गालोसँग जोडिएको उनको होटल फरक शैलीमा निर्माण गरिएको छ ।

फरक–फरक कटेजहरुसँगै बगरमाथि बसेर हरियालीमा रमाउँदै खानका लागि ठाउँ बनाइएको छ । भाडामा जग्गा लिएर रु ४५ लाख लगानी गरी खोलिएको पौडेलको दोस्रो यस होटल अन्यभन्दा पृथक रहेको छ ।

माटाका भाँडामा खसीको मासु पकाएर फरक स्वादका साथ ग्राहकलाई पस्कने उनको भनाइ छ । यससँगै लोकल कुखुरा, हाँसको स्वाद पनि ग्राहकलाई दिँदै आइएको छ ।

श्रीमती सुजता र भाइ युवराजसँगै सिङ्गो परिवार यसै पेशामा जुटेका छन् । परिवारबाहेक पनि दुई ठाउँमा १६ जनाले रोजगारी पाएका छन् । उनी भन्छन्, अब हेटाँैडामा अर्को होटल खोल्ने योजनामा छु ।

बेरोजगार भएँ भन्नेहरुका लागि मात्र होइन विदेशमा रहेका नेपालीका लागि पनि उदाहरणीय बनेका पौडेल निरन्तर मेहेनत गर्न सकेमा यहीँ धेरै गर्न सकिन्छ भन्छन् । यस पेशामा मिठो बोल्ने र इमान्दार हुनसकेमा सफलता मिल्ने उनको अनुभव छ ।

देशैभर व्यवसाय विस्तार गर्ने उनको सोच छ । एकपटक मकहाँ छिर्ने ग्राहकलाई अर्कोपटक आउने म आफैँ बनाउन सक्छु, पौडेलले भने । हँसिलो अनुहार र नम्र बोली मात्र होइन मिठो परिकार एवं आतिथ्यता पौडेल सफल हुनको कारण उनका शुभेच्छुकहरु बताउँछन् ।
रासस

वि.सं.२०७७ पुस २२ बुधवार ११:०५ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...