back
CTIZAN AD

नगरपालिका र गाउँपालिकाका कर्मचारीलाई व्यवस्थापन तालीम

वि.सं.२०७७ पुस २२ बुधवार

729 

shares

२२ पुष, बनेपा । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा कार्यरत कर्मचारीका लागि कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिकाले आयोजना गरेको तालीममा नमोबुद्ध नगरपालिकाका ३२ र रोशी गाउँपालिकाका छ गरी ३८ कर्मचारीको सहभागिता थियो ।

तालीमको समापन कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले कर्मचारीले कार्यान्वयन गर्ने भएकाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई तालीमले त्यसमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नगरपालिकाले विगतमा पनि कर्मचारीलाई क्षमता विकासका लागि तालीम प्रदान गरिएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालीमले कर्मचारीमा अध्ययनको दायरा बढाउने बताए । तालीममा सिकेका कुरालाई व्यवहारमा उतार्न कर्मचारीलाई आग्रह गर्दै उनले आगामी दिनमा पनि क्षमता विकासका लागि त्यस्तै तालिम आयोजना गर्ने बताए ।

सहभागीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव नारायण अधिकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ज्ञवाली, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा नमोबुद्ध नगरपालिकाका लेखा अधिकृत रिपुध्वज केसीले प्रशिक्षण दिएका थिए ।

वि.सं.२०७७ पुस २२ बुधवार १०:५७ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...