back
CTIZAN AD

वडाअध्यक्षसहितका जनप्रतिनिधिले बनाइदिए धनमायालाई पक्की घर

वि.सं.२०७७ पुस २३ बिहीवार

846 

shares

२३ पुस, दमक । दमक नगरपालिका वडा नं ३ का जनप्रतिनिधिहरुले विपन्न परिवारकी धनमायालाई पक्की घर बनाइदिएका छन् ।

दमक नगरपालिका वडा नम्बर ३ स्थायी बसोबास गर्ने ९४ वर्षकी धनमाया लामिछानेको ६ जनाको परिवारलाई बुधबार वडा नम्बर ३ का जनप्रतिनिधिको सहयोगमा बनेको नयाँघर हस्तान्तरण गरिएको वडा अध्यक्ष नविन बरालले बताएका छन् ।

४ लाख ८० हजारको लागत मूल्यमा निर्माण भएको सो घर निर्माणमा ६५ हजार बराबरको मिस्त्री र लेबर दमक नगरपालिका वडा नम्बर १ का निर्माण ब्याबसायी सुमन काफ्लेले सहयोग गरेको अध्यक्ष बरालले जानकारी दिएका छन् ।

उक्त परिवारको आयस्रोत ९४ बर्षकी हजुरआमा धनमाया लामिछानेको सामाजिक सुरक्षा भत्ता ( बृद्ध ) र एकजना माइली बुहारीको एकल भत्ताबाट परिवारको जीवनयापन भइरहेको थियो ।

Image may contain: one or more people, people standing, house and outdoor

एउटा सानो फुसको छानो भएको बासको टाटिको बेरा भएको भुइमा माटोले लिपपोत गरेर अति दुःखकष्टका साथ सो परिवारको दिनचर्या चलिरहेको अवस्थामा भान्सासहित ३ कोठा, चारैतर्फ इट्टाको वाल, टिनको छानो, बरन्डासहितको घर सम्पूण निर्माण कार्य सकेर बुधबार अध्यक्ष बरालद्धारा वृद्धा लामिछानेलाई हस्तान्तरण गरिएको हो ।

Image may contain: 4 people, people standing and outdoor

अध्यक्ष बराका अनुसार घर निर्माण गर्न सहयोग गर्नेहरुमा अध्यक्ष बराल आफै, वडा सचीव सन्दीप सुवेदी, कार्यपालिका सदस्य खड्ग ब धिमाल, वडा सदस्यहरु तन कुमारी दाहाल, शुकदेब लुइँटेल,गजेन्द्र धिमाल, टीका ठटाल रहेका छन् ।

 

वि.सं.२०७७ पुस २३ बिहीवार ०८:२९ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...