back
CTIZAN AD

अमेरिकी संसदभित्र गोली लागेकी महिलाको मृत्यु, वासिङटनमा कफ्र्यु लगाइयो

वि.सं.२०७७ पुस २३ बिहीवार

759 

shares

२३ पुस, अमेरिका । अमेरिकाको ४६ औ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई कंग्रेसमा प्रमाणित गर्ने बिरोधमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रहरी घेरा तोडेर भित्र पसे पछि वाशिंगटन डिसी निकै तनावग्रस्त बन्यो ।

कुनै पनि अप्रिय घटना र दुर्घटना नहोस् भन्नको लागि सुरक्षा व्यवस्था ज्यादै कडा गरिएको भएता पनि  झडप भएको छ । ट्रम्पले कंग्रेसमा जो बाइडेनलाई अनुमोदन गर्नु अगाडी ११ बजे बिहान सम्बोधन गरेका थिए ।

उनले आफ्ना समर्थकलाई क्रुर र क्रोधित हुनु भन्ने सन्देश सामाजिक संजालमा राखे पछि उनका समर्थकमा हौसला भएको हो । यसै सिलसिलामा त्यहा पुगेका दङ्गाफसादीले या कसैले एक महिलालाई गोली चलाउदा उनको मृत्यु भएको खबर छ ।

उक्त जानकारी महानगर प्रहरी बिभागका प्रवक्ताले उनको दिउसो निधन भएको बताए । उक्त महिलाको क्यापिटल(संसद)भवन भित्र नै निधन भएको उल्लेख गरे । यो अनुसन्धानको बिषय भएकोले अन्य बिस्तृत जानकारी पछि आउने बताईएको छ ।

डिसीकी महानगर पालिकाकी प्रमुखले पनि घर मै बस्न आग्रह गरेकी थिइन् भने उक्त भेलामा कुनै पनि हातहतियार नल्याउन समेत आग्रह गरिएको थियो । ऐजेन्सी

 

वि.सं.२०७७ पुस २३ बिहीवार ०८:५९ मा प्रकाशित

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...