back
CTIZAN AD

वाशिङ्टनमा कर्फ्यू, मृतक महिलाको पहिचान खुल्यो (हेर्नुस् अमेरिकी संसदभित्र भएको हिंसा तस्विरमा)

वि.सं.२०७७ पुस २३ बिहीवार

729 

shares

२३ पुस। अमेरिकीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा प्रवेश गरी हिंसा मच्याएका छन् ।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको कानुनी पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका सयौँ समर्थकहरु जर्बजस्ती संसदमा छिरेका थिए । प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरेर अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । रोक्ने क्रममा भएको भिडन्तमा एक प्रदर्शनकारी महिला मारिएकी छन् ।

छातिमा गोली लागेकी असिल बबिट नाम गरेकी ती महिला सान डियागोको नागरिक भएको समेत पहिचान भएको छ । उनका पतिका अनुसार बबिट एयर फोर्समा उच्च सुरक्षा अधिकारीको रुपमा १४ वर्ष काम गरेकी थिइन ।

करिब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा आएपनि राजधानी वाशिङ्टन डिसीमा कफ्र्यू लगाइएको छ ।

घटनामा दर्जनौं प्रहरीहरू पनि घाइते भएका छन् । सुरक्षा अधिकारीहरूले हिंसा फैलिएका ठाउँमा एउटा पाइप बमसमेत भेटिएको छ ।

ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गरिरहेका छन् । उनले कुनै प्रमाणविनै चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छने । ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए ।

तस्विर स्रोत : डेलीमेल

वि.सं.२०७७ पुस २३ बिहीवार ०९:१२ मा प्रकाशित

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...