back
CTIZAN AD

बेल्टारमा अतिक्रमण रोक्न बाँध भत्काइयो

वि.सं.२०७३ माघ ६ बिहीवार

768 

shares

६ माघ,गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकास्थित वडा नम्बर २ को द्वारखोला आसपासमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदी क्षेत्रको जग्गा अतिक्रमण गर्न निर्माण गरेको बाँध हालै स्थानीय प्रशासनले भत्काई दिएको छ ।

बेल्टारको द्वारखोला क्षेत्रको तीनसय मिटर क्षेत्रसम्म चौडाइका रुपमा फैलिएको क्षेत्रमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदीमा बाँध बाँधेर नदीको भाग ५० मिटर मात्र राखेर अन्य भाग कब्जा गर्दै आएका थिए । केही व्यक्तिले नदी क्षेत्रको जग्गा अतिक्रमण गर्न यस्तो कार्य गरेको कारण स्थानीय नागरिक मञ्च र प्रशासनले नै जग्गा अतिक्रमण रोक्न नदीमा मनपरी ढङ्गबाट निर्माण गरिएका बाँध भत्काइएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीले बताउनुभएको छ ।

जग्गा अतिक्रमणकर्ताले नदी क्षेत्रको पचासौँ बिगाहा जग्गा यसरी नियन्त्रण गरेर आफ्नो पकडमा पार्ने योजना हुँदै आएका कारण पनि मनपरी निर्माण गरिएका बाँध डोजर लगाएर हटाइएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

उक्त नदी क्षेत्रको अतिक्रमण गरिएका जग्गाको मूल्य बिसौँ करोडभन्दा पनि बढी रहेका कारण मनपरी जग्गा हडप्ने कार्य अन्त्य गर्न बाँध भत्काउन परेको वडा नागरिक मञ्चका संयोजक कमल राईले बताउनुभयो ।

स्थानीय भूमाफियाले नदी क्षेत्रको ठूलो आकारको जग्गा अतिक्रमण गर्न थालेपछि बेल्टार क्षेत्रमा ठूलै हलचल मच्चिएको थियो । जिल्ला प्रशासन कार्यालय उदयपुरमा जग्गा अतिक्रमण रोक्न निवेदनसमेत परेको थियो । प्रशासनकै आदेशमा उक्त बाँध हटाइएको कुरा बेल्टार प्रहरीले बताएको छ । रासस

वि.सं.२०७३ माघ ६ बिहीवार ०२:४७ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...