back

अज्ञात गाडीको ठक्करबाट एकको मृत्यु

वि.सं.२०७३ माघ ६ बिहीवार

237 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

६ माघ,रत्ननगर (चितवन)। पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार आज बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो । अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको उहाँको भनाइ छ । उनको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

प्रारम्भिक जानकारीमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पठाइएको र शवको मुचुल्का गरिने जनाइएको छ । भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

वि.सं.२०७३ माघ ६ बिहीवार ०२:४५ मा प्रकाशित

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक...

झापा विद्रोह : कम थिएन महिलाको योगदान, किन हुँदैन चर्चा ?

झापा विद्रोह : कम थिएन महिलाको योगदान, किन हुँदैन चर्चा ?

झापा । इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको...

गोरखामा प्रहरीलाई उजुरी र गुनासो गर्न क्युआर कोड

गोरखामा प्रहरीलाई उजुरी र गुनासो गर्न क्युआर कोड

गोरखा । जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयद्वारा ल्यापटप वितरण

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयद्वारा ल्यापटप वितरण

बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र...

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन...