back

बेल्टारमा अतिक्रमण रोक्न बाँध भत्काइयो

वि.सं.२०७३ माघ ६ बिहीवार

672 

shares

६ माघ,गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको बेल्टार बसाहा नगरपालिकास्थित वडा नम्बर २ को द्वारखोला आसपासमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदी क्षेत्रको जग्गा अतिक्रमण गर्न निर्माण गरेको बाँध हालै स्थानीय प्रशासनले भत्काई दिएको छ ।

बेल्टारको द्वारखोला क्षेत्रको तीनसय मिटर क्षेत्रसम्म चौडाइका रुपमा फैलिएको क्षेत्रमा स्थानीय जग्गा अतिक्रमणकर्ताले नदीमा बाँध बाँधेर नदीको भाग ५० मिटर मात्र राखेर अन्य भाग कब्जा गर्दै आएका थिए । केही व्यक्तिले नदी क्षेत्रको जग्गा अतिक्रमण गर्न यस्तो कार्य गरेको कारण स्थानीय नागरिक मञ्च र प्रशासनले नै जग्गा अतिक्रमण रोक्न नदीमा मनपरी ढङ्गबाट निर्माण गरिएका बाँध भत्काइएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीले बताउनुभएको छ ।

जग्गा अतिक्रमणकर्ताले नदी क्षेत्रको पचासौँ बिगाहा जग्गा यसरी नियन्त्रण गरेर आफ्नो पकडमा पार्ने योजना हुँदै आएका कारण पनि मनपरी निर्माण गरिएका बाँध डोजर लगाएर हटाइएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

उक्त नदी क्षेत्रको अतिक्रमण गरिएका जग्गाको मूल्य बिसौँ करोडभन्दा पनि बढी रहेका कारण मनपरी जग्गा हडप्ने कार्य अन्त्य गर्न बाँध भत्काउन परेको वडा नागरिक मञ्चका संयोजक कमल राईले बताउनुभयो ।

स्थानीय भूमाफियाले नदी क्षेत्रको ठूलो आकारको जग्गा अतिक्रमण गर्न थालेपछि बेल्टार क्षेत्रमा ठूलै हलचल मच्चिएको थियो । जिल्ला प्रशासन कार्यालय उदयपुरमा जग्गा अतिक्रमण रोक्न निवेदनसमेत परेको थियो । प्रशासनकै आदेशमा उक्त बाँध हटाइएको कुरा बेल्टार प्रहरीले बताएको छ । रासस

वि.सं.२०७३ माघ ६ बिहीवार ०२:४७ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

अरनिको राजमार्गः धुलिखेल-खावा सडक पुनःविस्तार गर्न सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति योजनालाई...