केन्याकी एक सांसदले चुनाबमा सबैलाई भोट हाल्न अपिल गर्दै नौलो रणनीति अपनाएकी छन् ।
आगामी ८ अगस्त २०१६ मा हुन लागको चुनावमा केन्याकी सांसद्ले त्यहाँका महिलालाई जबसम्म उनीहरुका श्रीमानले चुनावमा भोट दिनको लागि जबसम्म आफ्नो नामा मतदाता नामावलीमा दर्ता गराउँदैनन् तबसम्म उनीहरुलाई यौनसम्पर्क गर्न नदिनु भन्ने अपिल गरेकी छन् ।
केन्याको तटीय सहर मोम्बासाकी महिला प्रतिनिधि मिशि मबोको नामकी यी सांसदले चुनावमा उनीहरुको नाम दर्ता गराउनु यो नयाँ र शक्तिसाली रणनीति हुने पनि बताएकी छन् ।
मबोकोले भनिन् “दिदीबहिनीहरु हे, तपाइहरुले यो रणनीति अपनाउनु पर्छ । यो सबैभन्दा उत्तम तरिका हो । उनीहरु (श्रीमान) सँग यौनसम्पर्क गर्न बहिस्कार गर्नुस् । जबसम्म उनीहरु तपाइलाई भोर्टर कार्ड देखाँउदैनन् ।”
चुनाबका लागि भोर्टर लिस्टमा नाम दर्ता गराउनका लागि फरवरी १७ लाई अन्तिम दिन मानिएको छ भने १६ जनवरीबाट मतदाता नामावलीमा नाम दर्ता गराउने अभियान सुरु भएको छ ।
मबोकोका अनुसार सेक्स एउटा यस्तो शक्तिसाली हतियार हो र यसको प्रयोगको रुपमा पुरुषलाई मतदातामा नाम दर्ता गराउनका लागि प्रयोग गर्न जरुरी छ ।
मबोकोको यस्तो अपिलले श्रीमानहरुलाई खासै असर नपर्ने बताइएको छ । कीनकी उनीहरुले आफ्नो भोर्टर लिस्टमा नाम दर्ता गराइसकेका छन् ।
वि.सं.२०७३ माघ ५ बुधवार १२:२१ मा प्रकाशित