back
CTIZAN AD

अभिताभ वच्चनको आवाज सुनेर हैरान भएका एक व्यक्तिले उच्च अदालतमा मुद्दा दायर गरे

वि.सं.२०७७ पुस २३ बिहीवार

945 

shares

२३ पुस, काठमाडौं । भारतीय चर्चित अभिनेता अभिताभ बच्चनको आवाज सुनेर हैरान भएका एक व्यक्तिले दिल्लीको उच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

विश्वव्यापी कोरोना महामारीका कारण त्यसको रोकथामका लागि सर्वसाधारणमा सावधानी अपनाउन भनेर गरिएको अपिलमा अभिताभ वच्चनको आवाज पटक पटक सुनेर हैरान भएका एक व्यक्तिले दिल्लीको उच्च अदालतमा मुद्दा दायर गरेको भारतीय संचार माध्यमले लेखेका छन् ।

भारतमा पहिलोपटक सन् २०२० को जनवरीमा कोरोनाको केस देखिएपछि त्यहाँको सरकारले देशव्यापी लकडाउन सुरु गर्यो । लकडाउनका साथै सर्वसाधारणमा शिघ्र जनचेतना फैलाउन सकियोस् भन्ने उद्धेश्यले सरकारले त्यहाँका टेलिकमहरुलाई प्रयोग गरेर मोबाइलको कलर ट्युनमा अभिताभ बच्चनको आवाजमा कोरोनाबाट बच्ने उपायसहितको ट्युन बनायो ।

उता कोरोना महामारीको डर यता हरेक पटक फोनमा एउटै आवाज अनि एउटै कुरा दोहोर्याएर पटक–पटक सुन्नु पर्दा हैरान भएका एक व्यक्तिले उक्त कलर ट्युन हटाउन माग गर्दै मुद्दा दायर गरेका हुन् । अक्टोबर २० देखि निरन्तर फोनको घन्टीमा अभिताभ बच्चनको आवाज सुनिएपछि उनले यसो गर्न बाध्य भएको बताइएको छ ।

एक व्यक्तिले अभिताभ बच्चनसँग सोसियल मिडियामा समेत यसबारेमा प्रश्न गर्दा बच्चनले यसको जवाफमा आफूले देश, प्रान्त र समाजको लागि जे गरे पनि त्यो निःशुल्क गर्ने गरेको बताउँदै भनेका थिए ‘यसले तपाईलाई कस्ट दिएको छ भने क्षमा पार्थी छु । तर, यो मेरो हातको कुरा छैन ।’

यसरी नै फोनको घन्टीमा पटक–पटक बच्चनको आवाज सुनेर हैरान भएका अन्य सर्वसाधारणले पनि ती व्यक्तिले हालेको मुद्दामा खुसी जनाएको बताइएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १४:१९ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...